आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

चिनियाँ राजदूत यान्छी र केपी ओलीका सल्लाहकारबीच गोप्य भेटवार्ता

चिनियाँ राजदूत यान्छी र केपी ओलीका सल्लाहकारबीच गोप्य भेटवार्ता

  • मिडिया डबली
  • बिहिवार, चैत्र १२ २०७७

  • 5.2K
    SHARES

  • चिनियाँ राजदूत यान्छी र केपी ओलीका सल्लाहकारबीच गोप्य भेटवार्ता

    काठमाडौं – चिनियाँ राजदूत होउ यान्छीले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालसँग गोप्य भेटवार्ता गरेकी छन् ।

    संसद विघटनपछि पद छोड्न दबाब दिँदा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्बन्ध बिग्रिएपछि चिनियाँ राजदूत यान्छी फकाउन सल्लाहकार रिमालको शरणमा पुगेकी हुन् ।

    पद छोड्न भनेपछि ओलीले यान्छीलाई ३ महिनायता भेट दिएका छैनन् । बालुवाटार प्रवेश निषेध जस्तै छ । राजदूत यान्छीले सिंहदरबार पुगेर रिमालसँग भेट गरेकी हुन् । उनले २ दिनअघि मात्रै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेकी थिइन् ।

    त्यसअघि उनले माधव नेपालसँग भेट गरेकी थिइन् । गत फागुन २३ गते सर्वोच्च अदालतले नेकपाको एकता बदर गरेर एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिने निर्णय गरेपछि राजनीतिक संकट गहिरिँदै गरेका बेला राजदूत यान्छीको सक्रियता बढेको छ ।

    यान्छीले नेपालका दुबै कम्युनिस्ट पार्टी पूर्ववत् अवस्थामा फर्केपछिको राजनीतिक घटनाक्रम, नयाँ सरकारको सम्भावनालगायत विषयमा केन्द्रित रहेर नेताहरूसँग भेटवार्ता गरेकी स्रोतले जनाएको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, मंसिर ३ २०७७१०:१५:१५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend