आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

बामदेव गौतमले गरे नयाँ निर्णय 

बामदेव गौतमले गरे नयाँ निर्णय 

  • मिडिया डबली
  • शनिवार, चैत्र ७ २०७७

  • 5.3K
    SHARES

  • बामदेव गौतमले गरे नयाँ निर्णय 

    काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज शनिबार बस्दैछ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार बिहान १० बजे संसदीय दलको बैठक आह्वान गरिएको छ ।

    प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक सकेर केन्द्रीय कमिटीको बैठक बस्ने गरी गृहकार्य अघि बढाएका छन् ।

    नेकपा केन्द्रीय सदस्य एवं सांसद शेरबहादुर तामाङले शनिवार संसदीय दल र केन्द्रीय कमिटीको बैठक बस्ने बताएका छन् । यसअघि बसेको केन्द्रीय कमिटी र संसदीय दलको बैठक बहिष्कार गरेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहले शनिवारको बैठक समेत बहिष्कार गर्ने भएका छन् ।

    शुक्रवार राति बानेश्वरमा बसेको नेपाल समूहको स्थायी कमिटी बैठकले बैठक बहिष्कार गर्ने निर्णय गरेको उपाध्यक्ष भीम रावलले बताएका छन् । विगतमा संसदीय दलको बैठक दलको कार्यालय सिंहदरबार वा संसद भवन बानेश्वरमा बस्दै आएकोमा यसपटक प्रधानमन्त्रीको निवासमा राखेर दललाई निजीकरण गर्न खोजिएकाले त्यसमा सहभागी नहुने निर्णय भएको रावलले बताएका छन् ।

    नेता रावलले बैठक दलको कार्यालय वा संसद भवनमा आयोजना गरी उपयुक्त एजेन्डा र प्रक्रिया अवलम्बन गरिएमा बैठकमा सहभागी हुन सकिने बताएका छन् ।

    यसैबीच, उपाध्यक्ष बामदेव गौतमले संसदीय दल र केन्द्रीय कमिटीको दुबै बैठकमा सहभागी हुने जनाएका छन् । अखिल नेपाल किसान महासंघको शुक्रवार भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले केन्द्रीय कमिटी र संसदीय दलको बैठकमा सहभागी हुने बताएका छन् ।

    तर उपाध्यक्ष गौतमले फाुगन २८ गते ओली पक्षको केन्द्रीय कमिटी बैठकले गरेका निर्णय खारेज गर्नुपर्ने माग अघि सार्नेछन् र त्यो माग सम्बोधन नभएको अवस्थामा गौतमले बैठक बहिष्कार गर्ने सचिवालयले जनाएको छ ।

    यसैबीच, नेपाल पक्षको युवा संघ नेपालले शनिवार काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेला गर्दैछ । शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले भेलाको उद्घाटन वरिष्ठ नेता नेपालले गर्ने जनाएको छ । सोही भेलाबाट केन्द्रीय कमिटीको समेत घोषणा गरिने जनाइएको छ । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, भाद्र १९ २०७७१०:११:२२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend