काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले सडक विस्तार लगायतका कारणले आज शनिबार राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जानकारी दिएको छ ।
प्राधिकरणका अनुसार बानेश्वर वितरण केन्द्रले कोटेश्वर महादेव मन्दिर, कोटेश्वर चोक, जडीबुटी चोकबाट मनोहरा महादेव मन्दिर हुँदै लालीगुराँस स्कूल, सीसीआरसी कलेज, सूर्यकोट गेटसम्मको स्थानमा बिजुली कटौती गरिने भएको छ ।
शनिवार बिहान १० बजेदेखि अपराह्न २ बजेसम्म बिजुली कटौती हुने विद्युत् प्राधिकरणले जनाएको छ ।
सडक विस्तारका लागि ११ केभी भूमिगत तार राख्ने कार्यका लागि लाइन काटिन लागेको प्राधिकरणले जानकारी दिएको छ । सोही फिडरको बत्तिसपुतली क्षेत्रमा समेत बिजुली कटौती हुनेछ । सो क्षेत्रमा बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत् कटौती हुने जनाइएको छ ।
पशुपति कलेज, मित्रपार्क, जयवागेश्वरी, मुसे गणेश, गौशाला, तिलगंगा, शारदा स्कूल, सूचना विभाग लगायतका क्षेत्रमा लाइन मर्मत गर्न लागिएकाले लाइन काटिन लागेको समेत प्राधिकरणको सूचना उल्लेख छ ।
प्राधिकरणका अनुसार शनिवार देशका विभिन्न स्थानमा लाइन मर्मत गर्न बिजुली कटौती गर्न लागिएको छ । लाइन कटौती भएका कारण ग्राहकमा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमा मागेको जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।