काठमाडौं - एमाले नेता गोकुल बास्कोटाले माधव–झलनाथ समूह पार्टीको खेतबारीमा नुन छर्न हिँडेको आरोप लगाएका छन् ।
उनीहरूले खेल चेस नभई लुँडो भएको उनको भनाइ छ । बिहीबार बिहान सामाजिक सञ्जालमार्फत ओलीपक्षीय नेता बास्कोटाले गन्तव्य भुलेर चौबाटोमा ठिंग उभिएको यात्री नबन्न सुझाव दिएका छन्
। ‘एमालेको खेतबारीमा नुन छर्न हिँडेकाहरुले खेलिरहेको खेल चेस हैन, लुँडो हो । गन्तब्य भुलेर चौबाटोमा ठिङ्ग उभिएको यात्री नबन साथी हो। हाम्रो त सुझाव हो के रे ? नमाने पनि केही छैन,’ बास्कोटाले लेखेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।