आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

यी महिला सांसदलाई फकाउन निवाससम्मै पुगे मन्त्री गुरुङ

यी महिला सांसदलाई फकाउन निवाससम्मै पुगे मन्त्री गुरुङ

  • मिडिया डबली
  • आइतवार, फाल्गुण २३ २०७७

  • 4.8K
    SHARES

  • यी महिला सांसदलाई फकाउन निवाससम्मै पुगे मन्त्री गुरुङ

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा खुलिदिन आग्रह गर्दै सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ सांसद शान्ति पाख्रिनको निवाससम्मै पुगेका पाइएको छ ।

    ओली पक्षले हिजो शनिवार बोलाएको दलको बैठकमा सांसद पाख्रिन उपस्थित नभएपछि मन्त्री गुरुङ उनलाई फकाउन निवास पुगेका छन् ।

    सांसद पाख्रिन ओली पक्ष निकटकै सांसद भएपनि पछिल्लो समय असन्तुष्ट रहेकी जनाइएको छ । सांसद पाख्रिनले व्यक्तिगत कामले आफू दलको बैठकमा जान नपाएको जवाफ दिएकी छन् ।

    ओली पक्षले बैठकमा ११५ सांसद रहेको दाबी गरेपनि सांसद पाख्रिन अनुपस्थित भएपछि मन्त्री गुरुङ बिहानै पेप्सिकोलास्थित सांसद निवास पुगेका थिए । आफूले खाना बनाइरहेको बेला मन्त्री गुरुङ निवासमै आएका बताउँदै सांसद पाख्रिनले एउटै जिल्लाका भएकाले आउजाउ भइरहने बताए ।

    सांसद पाख्रिनले अहिले आफू एकताको पक्षमा रहेको जानकारी दिइन् । ‘हाम्रो पार्टी विभाजन भइसकेको छैन, विभाजन भयो भने मात्रै कता लाग्ने भन्ने हुन्छ,’, सांसद पाख्रिनले भनिन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend