सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

यसो भएपछि विप्लव रिसाए ! सरकारको ‘अफर’ अस्वीकार 

यसो भएपछि विप्लव रिसाए ! सरकारको ‘अफर’ अस्वीकार 

  • मिडिया डबली
  • बिहिवार, फाल्गुण २० २०७७

  • 20.7K
    SHARES

  • यसो भएपछि विप्लव रिसाए ! सरकारको ‘अफर’ अस्वीकार 

    काठमाडौं – विद्रोही नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सरकारसँग रिसाएका छन् ।

    विप्लव हेलिकप्टरमा काठमाडौं आउने भ्रामक सूचनाहरू सरकारी पक्षले फैलाएर आफूलाई बदनाम गर्न खोजिएको आशंका गर्दै विप्लव रिसाएका स्रोतले जनाएको छ ।

    सरकारी पक्षले हल्ला फैलाएपनि विप्लवले सरकारले ‘अफर’ गरेको हेलिकप्टरमा काठमाडौं आउने प्रस्ताव अस्वीकार गरेका छन् ।

    गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले महासचिव विप्लवलाई हेलिकप्टमार्फत काठमाडौं ल्याउन ‘अफर’ गरे पनि विप्लवले अस्वीकार गरेका जनाइएको छ । 

    विप्लव गाडीमार्फत नै काठमाडौं आउने स्रोतले जनाएको छ । महासचिव विप्लव हाल राजधानी काठमाडौं उपत्यका बाहिर रहेका छन् ।

    गृह मन्त्रालय स्रोतका अनुसार सरकारले विप्लवका लागि हेलिकप्टर तयारी अवस्थामा राखेको थियो । २ वर्षसम्म भूमिगत रहेर सरकारी हेलिकप्टर प्रयोग गर्दा जनतामा नकारात्मक सन्देश जाने भएकाले आफैंले व्यवस्था गरेको गाडीबाटै विप्लव काठमाडौं आउने स्रोतले जनाएको छ ।

    भोलि शुक्रवार सरकार र नेकपाबीच औपचारिक रूपमा शान्तिपूर्ण राजनीतिमा आउने विषयमा सहमतिको घोषणा हुँदैछ । भोलिको कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव विप्लवले सम्बोधन गर्ने भएका छन् ।

    सरकार र नेकपाबीच आज बिहीबार ३ बुँदे सहमति भइसकेको छ । वार्तामा सरकारी पक्षबाट गृहमन्त्री बादलको र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई तथा विप्लव नेकपाबाट खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र उदय चलाउने रहेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend