काठमाडौं – सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच औपचारिक वार्ता सुरु भएको छ ।
बुधवार बिहानैदेखि काठमाडौंको सरकारी भवनमा कडा सुरक्षाबीच वार्ता सुरु भएको हो । वार्तास्थल गोप्य राखिएको छ ।
सरकारले गृहमन्त्री रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई सम्मिलित दुई सदस्यीय वार्ता टोली गठन गरेको थियो ।
त्यसलगत्तै विप्लव समूहले पनि प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा उदयबहादुर चलाउने दीपक सदस्य रहेको वार्ता समिति बनाएको थियो ।
नेत्रविक्रम चन्द ‘विप्लव’ सरकारसँग सहकार्य वा एकता गर्न तयार भए प्रधानमन्त्री ओलीले उनलाई उपप्रधानमन्त्री बनाउने र सरकारमा हिस्सा दिने तयारी गरेको स्रोतको दाबी छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।