काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध महाअभियोग लगाउने तयारी भइरहेको दाबी गरेका छन् ।
मंगलबार बिहान सामाजिक सञ्जाल ट्विटरमा लेख्दै पूर्वमन्त्री बाँस्कोटाले राष्ट्रपतिलाई हतोत्साहित पार्न महाअभियोगको तयारी भइरहेको बताए ।
प्रधानमन्त्रीले राजीनामा नदिए सदन चल्न नदिने तयारी समेत रहेको नेता बाँस्कोटाले अनुमान गरेका छन् ।
‘नेपाल कम्फर्टेबल पार्टीले प्रमले राजीनामा नदिएसम्म सदन चल्न नदिने र राष्ट्रपतिलाई हतोत्साही बनाउनकै लागि भए पनि महाअभियोग ल्याउने तयारी गर्दैछन् रे ! झलनाथको तयारीमा रामचन्द्र कवाफमा हड्डी भएर मात्र घोषणा नभएको रे ! लौन प्रभू ! मिलाई देऊ ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।