काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस विरूद्धको खोप लगाएका छन् ।
सोमवार बिहान दिल्लीको एम्स अस्पतालमा खोपको पहिलो डोज लगाएको मोदीले सामाजिक सञ्जाल ट्विटरबाट जानकारी दिएका छन् ।
आफूले खोप लगाएपछि मोदी खोप लगाउन हुने सबैलाई खोप लगाउन आग्रह गरेका छन् ।
भारतमा सोमवारदेखि ६० वर्षमाथिका नागरिकका लागि खोप लगाउन शुरू गरिएको छ । भारतमा अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेकाले विकास गरेको खोप उत्पादन भइरहेको छ ।
सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको खोप नेपालमा पनि ल्याइएको छ । शुरूमा भारतले १० लाख डोज खोप नेपाललाई अनुदानमा दिएको थियो भने केही दिनअघि सरकारले १० लाख डोज भ्याक्सिन किनेर भारतबबाट ल्याएको छ ।
थप १० लाख डोज आउने प्रक्रियामा रहेको जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।