आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

योगेश भट्टराई सवार गाडी सडक दुर्घटनामा, घाइतेलाई काठमाडौं पठाउने तयारी

योगेश भट्टराई सवार गाडी सडक दुर्घटनामा, घाइतेलाई काठमाडौं पठाउने तयारी

  • मिडिया डबली
  • आइतवार, फाल्गुण १६ २०७७

  • 17.1K
    SHARES

  • योगेश भट्टराई सवार गाडी सडक दुर्घटनामा, घाइतेलाई काठमाडौं पठाउने तयारी

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री योगेश भट्टराई चढेको गाडी सडक दुर्घटनामा परेको छ ।

    रौतहट जिल्लाको चन्द्रनिगाहापुरमा नेता भट्टराई सवार गाडीले साइकल यात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

    दुर्घटनामा साइकलमा सवार ५५ वर्षीय इन्द्रप्रसाद घिमिरे घाइते छन् । 

    जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सिद्धिविक्रम शाहले जनकपुरबाट हेटौंडातर्फ जाँदै गरेको भट्टराई सवार ज१झ ४२७ नम्बरको गाडीले साइकल यात्री घिमिरेलाई सवा ७ बजेतिर ठक्कर दिएको हो ।

    दुर्घटनालगत्तै घाइते घिमिरेलाई चपुरस्थित सिभिल अस्पतालमा लगिएको थियो । ‘हाल सिभिल अस्पतालले रेफर गरेपछि काठमाडौंको बीएण्डबी अस्पताल पठाउने तयारी भइरहेको छ,’ एसपी साहले भने । 

    दुर्घटनामा गाडीले साइकललाई ठक्कर दिएकाले नेता भट्टराईको गाडीमा कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, पौष २० २०७७०६:१०:५५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend