काठमाडौं – सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन विरुद्धका रिट निवेदकलाई बोलाएको छ ।
रिट निवेदकमध्येका एक अधिवक्ताले अदालतबाट बोलावट आएको जानकारी दिए ।
आजै साँझबाट अदालत वरिपरिको चौतर्फी सुरक्षा व्यवस्था दुरुस्त पारिएको छ । सर्वोच्च परिसर र वरपर धेरै सुरक्षाकर्मी परिचालन भएका छन् ।
संसद् पुनःस्थापनाको माग गर्दै परेका रिटमाथि बहस सकिएपछि संवैधानिक इजालसले मुद्दालाई हेर्दाहेर्दैमा राखेको छ । फागुन १० गतेसम्म बहस नोट बुझाइसक्ने मिति तोकिएको थियो ।
प्रतिनिधिसभा विघटन देशको ठूलो घटनाक्रम भएकाले सबैले सर्वाेच्च अदालतको फैसलालाई चासो साथ पर्खिरहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।