काठमाडौं – प्रतिनिधिसभा विघटनविरुद्ध सर्वाेच्च अदालतमा परेको रिटमाथि संवैधानिक इजलासमा बहस सकिएर फैसला आउन बाँकी रहेका बेला आज सोमवार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच भेट भएको छ ।
आज सोमवार दिउँसो सर्वाेच्च अदालतमा जबरा र थापाबीच भेटघाट भएको हो ।
प्रधानन्यायाधीश र प्रधानसेनापतिबीच सर्वाेच्च अदालत पछाडि सेनाको क्याभलरी रहेको जग्गा सर्वाेच्च अदालतका नाममा नामसारी गर्ने विषयमा छलफल भएको स्रोतले जनाएको छ ।
‘क्याभलरीको जग्गा सर्वाेच्च अदालतको नाममा नामसारी गर्ने प्रक्रियाका बारेमा छलफल भएको हो,’ स्रोतले भन्यो, ‘नामसारीबारे छलफल भइरहेको थियोे । आज जबराले प्रधानसेनापतिलाई बोलाउनुभएको हो ।’
सर्वाेच्च अदालतमा प्रतिनिधिसभा विघटनको मुद्दामा बहस सकिएर फैसला आउनुअघि भएको जबरा र थापाको भेटलाई राजनीतिक अर्थमा समेत हेर्न थालिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।