आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
आजको विशेष

संसद विघटन विरुद्धको मुद्दाको बहस सकियो, सर्वाेच्च अदालतको यस्तो आदेश

संसद विघटन विरुद्धको मुद्दाको बहस सकियो, सर्वाेच्च अदालतको यस्तो आदेश

  • मिडिया डबली
  • शुक्रवार, फाल्गुण ७ २०७७

  • 7.7K
    SHARES

  • संसद विघटन विरुद्धको मुद्दाको बहस सकियो, सर्वाेच्च अदालतको यस्तो आदेश

    काठमाडौं – प्रतिनिधिसभा संसद विघटनविरुद्ध सर्वाेच्च अदालतमा परेको रिटमाथि संवैधानिक इजलासमा जारी बहस सकिएको छ ।

    शुक्रवार एमिकस क्युरीको तर्फबाट वरिष्ठ अधिवक्ता गीता पाठकले राय दिएपछि संसद विघटन विरुद्धको मुद्दामा बहस सकिएको छ ।

    बहस सकिएपछि संवैधानिक इजलासको नेतृत्व गरिरहेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले फागुन १० गतेभित्र बहस नोट दिन रिटमा पक्ष, विपक्ष र एमिकस क्युरीका रूपमा चयन भएका कानून व्यवसायीलाई आदेश दिएका छन् ।

    मुद्दाको अन्तिम फैसला कहिले आउँछ ? जबराले इजलासमा भने, ‘त्यसपछि हेर्दाहेर्दैमा जान्छ । ११/१२ गते जति पनि जान सक्छ ।’

    प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेर चुनाव घोषणा गरेपछि सबैको नजर सर्वाेच्च अदालतको फैसलातिर रहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, माघ २ २०७७०३:२०:३९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend