काठमाडौं - कांग्रेसको भ्रातृसंगठन तरुण दलले पाटन अस्पताललाई स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएको छ ।
जनताको स्वास्थ्य रक्षाको लागि आफ्नो ज्यान जोखिममा राखेर सेवा प्रदान गरेका स्वास्थ्यकर्मीको सुरक्षालाई मध्यनजर गर्दै स्वास्थ्य सामग्री प्रदान गरिएको तरुण दलले जनाएको छ ।
प्रजातन्त्र दिवसको अवसर पारेर तरुण दलका अध्यक्ष जितजंग बस्नेत र कोषाध्यक्ष विद्वान गुरुङले शुक्रबार बिहान अस्पताललाई २५ सय थान मास्क, १० थान पिपिई सेट र १० थान फेस सिल्ड हस्तान्तरण गरेका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।