सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

कांग्रेस नेता महतले प्रधानमन्त्रीसँगै कुरा गर्छु भनेपछि...

कांग्रेस नेता महतले प्रधानमन्त्रीसँगै कुरा गर्छु भनेपछि...

  • मिडिया डबली
  • बुधवार, फाल्गुण ५ २०७७

  • 5.2K
    SHARES

  • कांग्रेस नेता महतले प्रधानमन्त्रीसँगै कुरा गर्छु भनेपछि...

    काठमाडौं - सरकारले पूर्वपदाधिकारीको सुरक्षाकर्मी तानेपछि यतिबेला त्यसको व्यापक चर्चा परिचर्चा भएको छ । पूर्वराजा, पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश, पूर्वगृहमन्त्रीलगायतले गृह मन्त्रालयबाट सुरक्षाकर्मी पाउँदै आएका छन् ।

    तर, गृह मन्त्रालयले भीभीआईपी र भीआईपीको सुरक्षा कार्यविधि संशोधन गरेपछि अहिले धेरैको सुरक्षाकर्मी खोसिएको छ । यसरी सुरक्षाकर्मी खोसिनेमा पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, लोकेन्द्रबहादुर चन्दलगायत छन् ।

    उनीहरूले आफ्नो सुरक्षाकर्मी राज्यले कटौती गर्दा पनि केही भनेका छैनन् । तर, पूर्वराजाले भने सुरक्षाकर्मी कटौती गरिएकोमा असन्तुष्टि जनाउँदै पत्र गृह मन्त्रालयमा पठाएका छन् ।

    यसैक्रममा कांग्रेस नेता डा.रामशरण महत, पूर्वगृहमन्त्री गोविन्दराज जोशी, अर्जुननरसिंह केसी, देवेन्द्रराज कँडेलले पनि सुरक्षाकर्मी कटौती भएकोमा गृह मन्त्रालयसँग असन्तुष्टि जनाएका छन् ।

    कांग्रेस नेता तथा पूर्वमन्त्री महतले केही दिनअघि अंगरक्षक फिर्ताको जानकारी दिन पुगेका सुरक्षा अधिकारीसमक्ष भनेका थिए, ‘म हाई थ्रेट भएको नेता हुँ, ममाथि यसअघि पटक–पटक आक्रमण भएका छन् तर एकाएक सरकारले नै सुरक्षाकर्मी फिर्ता लिने निर्णय गरेछ, यसले त झनै थ्रेट महसुस गरें ।’

    ती सुरक्षा अधिकारीले ‘कार्यविधिअनुसार गर्नू भन्ने सरकारको आदेश हो’ भनेपछि महतले, ‘गृह सचिव, गृहमन्त्री र आवश्यक परे प्रधानमन्त्रीसँगै कुरा गर्छु’ भनेको कान्तिपुरको समाचारमा उल्लेख छ । महतको सुरक्षामा खटिएका सशस्त्र प्रहरी बलका २ जना अंगरक्षक फागुन १ बाट फिर्ता भएका छन् । ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, श्रावण ३२ २०७७१२:४३:४१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend