आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा पक्षविपक्षको बहस सकियो, अब फैसला कहिले ?

प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा पक्षविपक्षको बहस सकियो, अब फैसला कहिले ?

  • मिडिया डबली
  • सोमवार, फाल्गुण ३ २०७७

  • 4.4K
    SHARES

  • प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा पक्षविपक्षको बहस सकियो, अब फैसला कहिले ?

    काठमाडौं – प्रतिनिधिसभा संसद विघटन विरुद्धको मुद्दामा सर्वाेच्च अदालतमा सोमवारसम्म रिट निवेदक पक्षविपक्षको बहस सकिएको छ । सोमवार निवेदक पक्षका अधिवक्ताहरूले जवाफी बहस गरेका थिए ।

    अब भोलि मंगलवारदेखि अदालतको सहयोगी (एमिकस क्युरी) को बहस शुरू हुने भएको छ ।

    विघटनको मुद्दामा सर्वोच्च अदालतले नेपाल बार एसोसिएसनबाट ३ जना र सर्वोच्च अदालत बार एसोसिएसनबाट २ जना एमिकस क्युरी माग गरेको थियो ।

    नेपाल बारले बद्रीबहादुर कार्की, विजयकान्त मैनाली र सतीशकृष्ण खरेल तथा सर्वोच्च अदालत बार एसोसिएसनबाट पूर्णमान शाक्य र गीता पाठक एमिकस क्युरीको रूपमा चयन भएका थिए ।

    क्युरीका प्रतिनिधि कुनै पक्षविपक्षमा नरही अदालतलाई कानूनी राय दिने छन् । एमिकस क्युरीको रायपछि फैसला आउने जनाइएको छ ।

    यसअघि आइतवार र सोमवार रिट निवेदकका तर्फबाट जवाफी बहस गरिएको छ । संसद विघटनको मुद्दा सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी सम्मिलित संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, माघ २ २०७७०३:२०:३९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend