सोमवार, भाद्र २९ २०८३Sep 14 2026

Logo
images images

हिरासतभित्र प्रहरी र रामकुमारी झाँक्रीबीच भएका यी ४ सवालजवाफ !

हिरासतभित्र प्रहरी र रामकुमारी झाँक्रीबीच भएका यी ४ सवालजवाफ !

  • मिडिया डबली
  • शुक्रवार, माघ ३० २०७७

  • 5.1K
    SHARES

  • हिरासतभित्र प्रहरी र रामकुमारी झाँक्रीबीच भएका यी ४ सवालजवाफ !

    काठमाडौं – प्रहरीले बिहीवार पक्राउ गरी रिहा भएकी नेकपा प्रचण्ड–नेपाल पक्षकी नेत्री रामकुमारी झाँक्रीले प्रहरीसमक्ष संवैधानिक राष्ट्रपतिप्रतिको आफ्नो सम्मान हिजो आज र भोलि पनि उतिकै रहने बयान दिएकी छन् ।

    झाँक्रीले प्रहरीसँगको बयानमा सबै निकायले नेपालको संविधान तथा ऐनको परिपालना गर्नुपर्छ भन्नेमा आफ्नो जोड रहेको बताइन् ।

    प्रचण्ड–नेपाल पक्षकी नेत्री झाँक्रीले राष्ट्रपतिमाथि गैरकानूनी टिप्पणी गरेको भन्दै उनीमाथि पक्राउ गरी कारबाही गर्न लिखित उजुरी परेपछि प्रहरीले बिहीवार पक्राउ गरेको थियो । पक्राउ परेको झण्डै ६ घण्टापछि प्रहरीले कागज गराई झाँक्रीलाई रिहा गरेको हो ।

    प्रहरीले झाँक्रीसँग ४ वटा सवाल सोधी जवाफ सहितको बयान लिएको थियो । बयानका क्रममा झाँक्रीले मुलुकका सबै संवैधानिक निकाय र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति आफनो सम्मान रहने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

    महानगरीय अपराध महाशाखाका प्रमुख दीपक थापाले सोधपुछका क्रममा झाँक्रीले आपूmले राष्ट्रपतिको अपमान गर्ने उद्देश्य नराखेको र राष्ट्रपतिप्रति उतिकै सम्मान रहेको लिखित बयान दिएपछि मुद्दा चलाउन आवश्यक नदेखी रिहा गरिएको बताएका छन् ।

    झाँक्रीलाई पक्राउ गरिएपछि व्यापक विरोध भएको थियो । प्रहरीमा ४ वटा जवाफ सहितको कागज गरेपछि उनी रिहा भएकी छन् ।

    रिहा भएलगत्तै झाँक्रीले सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै आफूले प्रतिनिधिसभा विघठनविरुद्ध चर्को अवाज उठाएकाले राजनीतिक प्रतिशोध साँधिएको बताएकी छन् । झाँक्रीले सरकारले आफ्नो मनोबल गिराउने (ह्यारेसमेन्ट) कार्य गरेको आरोप समेत लगाइन् ।

    यस्तो छ झाँक्रीले प्रहरीमा गरेको सवालजवाफ सहितको बयान –
    सवाल १ः तपाईंले मिति २०७७/१०/१६ मा गोरखा जिल्लाको सिरानचौक गाउँपालिकामा भएको राजनीतिक भेलामा दिनुभएको सार्वजनिक अभिव्यक्तिको भिडियो देखाइन्छ, के कसो हो ? कुन सन्दर्भमा सो अभिव्यक्ति गर्नुभएको हो ? खुलाइ लेखिदिनुहोस् ।

    जवाफः मिति २०७७/१०/१६ मा गोरखा जिल्लाको सिरानचौक गापामा भएको राजनीतिक भेलामा मैले बोलेको भिडियो देखाउँदा देखीसुनी पाएँ । म नेकपाको केन्द्रीय सदस्य भएकाले राजनीतिक भेलामा संसद् विघठनपछिको राजनीतिक परिवेशको विषयमा राजनीतिक अभिव्यक्ति दिएकी हुँ । म एक जिम्मेवार पदमा रहेकी राजनीतिकर्मी भएकाले नेपालको संविधान २०७२ को धारा १७ ले दिएको अभिव्यक्ति स्वतन्त्रता, राजनीतिक स्वतन्त्रता हकअन्तर्गत रही आफ्नो अभिव्यक्ति दिएकी हुँ ।

    सवाल २ः अखिल नेपाल महिला संघले माननीय गृहमन्त्रीज्यूलाई सम्बोधन गरी मिति २०७७/१०/२१ गते ज्ञापनपत्र पढी वाची सुनाइन्छ, ज्ञापन पत्रको बेहोरा के कसो हो खुलाई लेखिदिनुहोस् ।

    जवाफः अखिल नेपाल महिला संघले माननीय गृहमन्त्रीलाई ज्यूलाई सम्बोधन गरी दिएको ज्ञापनपत्र मैले पढी वाची सुनी हेरी पाएँ । बेहोरा बुझें । उक्त ज्ञापनपत्र दिने व्यक्तिलाई म खासै चिन्दिनँ । निजहरूले ज्ञापनपत्र के कुन अभिप्रायले दिएका हुन् मलाई थाहा भएन । मुलुकका सबै संवैधानिक निकाय र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति मेरो सम्मान छ र रहनेछ

    सवाल ३ः तपाईंले गोरखा जिल्लाको सिरानचौक गाउँपालिकामा भएको राजनीतिक भेलामा सम्माननीय राष्ट्रपतिज्यूको बारेमा व्यक्त गरेको अभिव्यक्तिले सम्मानित संस्था एवं सम्माननीय राष्ट्रपतिज्यूको गरिमामाथि आँच पुर्‍याउने, धम्की दिने किसिमका अभिव्यक्ति हुन होइनन् ? खुलाई लेखाइदिनुहोस् ।

    जवाफः मैले गोरखा जिल्लामा भएको राजनीतिक भेलामा गरेका अभिव्यक्ति राजनीतिक अभिव्यक्ति हुन् । संवैधानिक राष्ट्रपतिप्रतिको मेरो सम्मान हिजो, आज र भोलि पनि उतिकै रहनेछ । सबै निकायले नेपालको संविधान तथा ऐनको परिपालना गर्नुपर्छ भन्ने मेरो जोड छ ।

    सवाल ४ः तपाईंले अन्य केही भन्न बाँकी भए खुलाई लेखिदिनुहोस् ।

    जवाफः मैले नेपालको संविधान, प्रचलित कानूनको पालना गरी अभिव्यक्ति स्वतन्त्रताको हक, राजनीतिक स्वतन्त्रताको हक उपयोग गरेकी हुँ । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, माघ २८ २०७७०२:३५:०९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend