आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

रामकुमारी झाँक्री आजै छुट्नुअघि प्रहरीले हस्ताक्षर गराएको त्यो लिखित कागजको रहस्य ! 

रामकुमारी झाँक्री आजै छुट्नुअघि प्रहरीले हस्ताक्षर गराएको त्यो लिखित कागजको रहस्य ! 

  • मिडिया डबली
  • बिहिवार, माघ २९ २०७७

  • 7.4K
    SHARES

  • रामकुमारी झाँक्री आजै छुट्नुअघि प्रहरीले हस्ताक्षर गराएको त्यो लिखित कागजको रहस्य ! 

    काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध बोलेको आरोपमा पक्राउ परेकी नेकपा प्रचण्ड–नेपाल पक्षकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले लिखित कागजमा हस्ताक्षर गराएर मात्रै छाडेको रहस्य खुलेको छ ।

    राष्ट्रपति भण्डारीविरुद्ध अमर्यादित अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेकी झाँक्री बिहीबार दिउँसो पक्राउ परेर साँझ रिहा भएकी छन् ।

    महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले बिहीवार दिउँसो १ बजे शंखमूलस्थित निवासबाट झाँक्रीलाई पक्राउ गरेको थियो ।

    ‘संवैधानिक राष्ट्रपतिप्रति मेरो सम्मान रहेको छ, हिजो, आज र भोलि पनि उत्तिकै रहनेछ । संविधानमा भएको व्यवस्थाअनुसार अभिव्यक्ति स्वतन्त्रता र राजनीतिक स्वतन्त्रताको हकको उपयोग गरेकी हुँ’ भन्ने लिखित कागजमा हस्ताक्षर गराएपछि मात्रै प्रहरीले उनलाई छाडेको हो ।

    राष्ट्रपतिविरुद्ध बोलेको आरोपमा पक्राउ गरिएपनि उनले राष्ट्रपतिप्रति सम्मान छ भन्ने लिखित कागज गरेकी छन् । नेतृ झाँक्रीलाई उनका श्रीमान पशुपति पुरीको जिम्मा लगाइएको छ ।

    प्रहरी हिरासतबाट रिहा भएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेत्री रामकुमारी झाँक्रीले जनस्तरमा चर्काे दबाबका उत्पन्न भएपछि आफूलाई छाडिएको बताएकी थिइन् ।

    झाँक्री प्रहरी नियन्त्रणमै रहेका बेला रिहाइको माग गर्दै आन्दोलनरत नेकपा समर्थक र प्रहरीबीच काठमाडौंको बानेश्वरमा कुटाकुट समेत भएको छ । प्रदर्शनमा केही व्यक्ति घाइते भएका छन् । घाइतेहरूको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

    प्रहरीसँगको झडपमा नेकपा प्रचण्ड–नेपाल पक्षका ८ जना कार्यकर्ता घाइते भएका जनाइएको छ । माइतीघर मण्डलाबाट सुरू भएको झाँक्री समर्थकको जुलुस नाराबाजी गर्दै नयाँबानेश्वर पुगेको जुलुस कोणसभामा परिणत भएको थियो । कोणसभा सकिएपछि प्रहरीसँग झडप भएको हो ।

    राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा ‘बादल’विरुद्ध चर्का नाराबाजी गर्दै प्रचण्ड–नेपाल पक्षको अनेरास्ववियूका नेता/कार्यकर्ता नयाँबानेश्वर पुगेका थिए । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, माघ २८ २०७७०२:३५:०९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend