सोमवार, भाद्र २९ २०८३Sep 14 2026

Logo
images images

रामकुमारी झाँक्रीका समर्थक र प्रहरीबीच कुटाकुट, केही व्यक्ति घाइते

रामकुमारी झाँक्रीका समर्थक र प्रहरीबीच कुटाकुट, केही व्यक्ति घाइते

  • मिडिया डबली
  • बिहिवार, माघ २९ २०७७

  • 5.8K
    SHARES

  • रामकुमारी झाँक्रीका समर्थक र प्रहरीबीच कुटाकुट, केही व्यक्ति घाइते

    काठमाडौं – प्रहरीले नेकपा नेतृ रामकुमारी झाँक्रीलाई नियन्त्रणमा लिएपछि रिहाइको माग गर्दै आन्दोलनरत नेकपा समर्थक र प्रहरीबीच काठमाडौंको बानेश्वरमा कुटाकुट भएको छ ।

    प्रदर्शनमा केही व्यक्ति घाइते भएका छन् । घाइतेहरूको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

    प्रहरीसँगको झडपमा नेकपा प्रचण्ड–नेपाल पक्षका ८ जना कार्यकर्ता घाइते भएका जनाइएको छ ।

    माइतीघर मण्डलाबाट सुरू भएको झाँक्री समर्थकको जुलुस नाराबाजी गर्दै नयाँबानेश्वर पुगेको जुलुस कोणसभामा परिणत भएको थियो । कोणसभा सकिएपछि प्रहरीसँग झडप भएको हो ।

    राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा ‘बादल’विरुद्ध चर्का नाराबाजी गर्दै प्रचण्ड–नेपाल पक्षको अनेरास्ववियूका नेता/कार्यकर्ता नयाँबानेश्वर पुगेका थिए ।

    राष्ट्रपति विद्या भण्डारीविरुद्ध बोलेको आरोपमा प्रहरीले झाँक्रीलाई बिहीवार दिउँसो पक्राउ गरेको थियो । महानगरीय अपराध महाशाखाले झाँक्रीलाई उनकै श्रीमान पशुपति पुरीको जिम्मा छाडेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, माघ २८ २०७७०२:३५:०९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend