आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

भारतले विश्वव्यापी खोप विकासमा प्रतिद्वन्द्वी चीनको आँखामा ग्रहण लगाइदियो

भारतले विश्वव्यापी खोप विकासमा प्रतिद्वन्द्वी चीनको आँखामा ग्रहण लगाइदियो

  • मिडिया डबली
  • बुधवार, माघ २१ २०७७

  • 3.0K
    SHARES

  • भारतले विश्वव्यापी खोप विकासमा प्रतिद्वन्द्वी चीनको आँखामा ग्रहण लगाइदियो

    नयाँ दिल्ली-  दशकौंदेखि भारतको सीरम इन्स्टिट्यूट विकासोन्मुख विश्वका अधिकांश बच्चाहरूको लागि खोपहरुको भरपर्दो आपूर्तिकर्ता हो । तर, अहिले कम्पनीले भारतको कोरोना भाइरस कूटनीतिलाई थप बलियो बनाउन पनि महत्वपूर्ण भूमिका खेलेको छ । सिरम इन्स्टिच्युटले भारतको क्षेत्रीय प्रतिद्वन्द्वी चीनको विश्‍व खोप अभियानमा नेतृत्व गर्ने उद्देश्यमा ग्रहण लगाइ दिएको छ । 

    नयाँ दिल्लीले यस महिना सीरम इन्स्टिच्यूटले बनाएको लाखौं अक्सफोर्ड / एस्ट्राजेनेका डोजहरु पहिलो चरणमा मुख्य छवटा छिमेकी मुलुकहरुला उपलब्ध गराएको छ । 

    जनवरी १६ मा खोप अभियान सुरु गरेको भारतले सिरमको विशाल उत्पादन क्षमताले छिमेकीहरुलाई पनि खोप उपलब्ध गराउन सफल भएको छ । सिरमको साथले भारत विश्‍वमञ्‍चमा आफ्नो वैज्ञानिक शक्ति प्रदर्शन गर्न र द्विपक्षीय सम्बन्धलाई बढावा दिन कटिबद्ध छ । सिरमले उत्पादन गरेको कोभिशिल्डको खोपको विस्तारले चिनियाँ कम्पनी सिनोफार्मले उत्पादन गरेको सिनोभ्याक खोपको प्रभावकारितामाथि प्रश्‍नहरु उठेका छन् । 

    "वास्तवमा भारतले विश्वको ७० प्रतिशत जनसंख्यालाई खोप उपलब्ध गराउने भएको छ । विशेष गरी संयुक्त राष्ट्र संघको लागि भारतले खोप आपूर्ति गरिरहेको छ," भारतको सीरम संस्थानका कार्यकारी निर्देशक सुरेश जाधवले भने, "विभिन्‍न मुलुकहरुले खोप उपलब्ध गराउन गरेको माग हेरेदा म त्यो स्थिति परिवर्तन भएको देख्दिन ।"

    चिनियाँ कम्पनीहरूले आफ्ना कोभिड - १९ खोपहरु बिक्री गर्न आक्रामक अन्तर्राष्ट्रिय धक्का महसुस गरेका छन् । चिनियाँ खोप निर्माता प्रमुख दुई कम्पनी सिनोफर्म र सिनोभ्याक बायोटेकले दर्जनौंभन्दा बढी देशहरूसँग सम्झौतामा हस्ताक्षर गरेका छन् ।

    जूनमा गलवान क्षेत्रमा भारत र चीन सेनाबीच भएको हिंसात्मक झडपपछि सुरु भएको खोपको दौडले चीनलाई फेरि धक्का लागेको हो । भारतको परराष्ट्र मन्त्री एस जयशंकरले बिहीबार सीमा नाकाबाट ती देशहरूबीचको सम्बन्धलाई "असाधारण तनाव" मा राखेको बताएका छन् ।

    भारतका औषधी कम्पनीहरुलाई विश्‍वका विभिन्‍न मुलुकहरुका खोप आपूर्तिकर्ताहरुले खोप उपलब्ध गराउन आह्वान गरेका छन् । त्यो माग पूरा गर्न, सीरम इन्स्टिच्युटले तीव्ररुपमा काम गरिरहेको छ । सीरमले  संस्थानले यसको क्षमता विस्तार गर्दै २.५ बिलियन डोज प्रतिवर्ष खोप उत्पादन गर्ने लक्ष्य राखेको छ । 

    नरेन्द्र मोदीको सरकारले बंगलादेशलगायत छिमेकी देशहरूलाई लाखौं डोज खोप अनुदानमा दिएका छन् । नयाँ दिल्लीले आगामी दिनमा साउदी अरेबिया, दक्षिण अफ्रिका र क्यानडालगायतका देशहरुलाई खोप उपलब्ध गराउने योजना बनाएको छ । 

    "भारतमा क्षमता छ र यो विश्वासको निर्माणको तरिकाको रूपमा राम्रो उपयोगमा ल्याइरहेको छ," सिंगापुरको नेश्‍नल युनिभर्सिटीका दक्षिण एशियाका प्राध्यापक सी राजा मोहनले भने । यो सफ्ट पावरको प्रदर्शन हो ।"

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र २५ २०७७०३:०५:३४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend