काठमाडौं - नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल तरुण दलले म्यानमारमा भएको सैनिक कूको निन्दा गरेको छ । दलका अध्यक्ष जितजंग बस्नेतले मंगलबार विज्ञप्ति जारी गरी त्यहाँको सैनिक सरकारलाई जनमतको कदर गर्न र नजरबन्दमा राखिएका नेताहरूलाई अविलम्ब रिहा गर्न माग गरेको छ ।
तरुण दलले आजको सभ्य मानव समाजलाई नै चुनौतीको रुपमा देखिएको बर्माको सैनिक प्रवृतिलाई जनमतको कदर गर्न र यसो वा त्यसोको बहाना नबनाई प्रजातन्त्रको मूल्य मान्यतालाई आत्मसाथ गरी नयाँ संसद्लाई काम गर्न दिन पनि तरुण दलले माग गरेको छ ।
‘तरुणहरुको संगठन भएकाले विश्वका कुनै पनि देशमा हुने प्रजातन्त्र एवं जनताको शासन विरोधी गतिविधिको निन्दा र विरोध गर्दै त्यहाँका स्वतन्त्रताप्रेमी जनसमुदायसंग नैतिक साथ, समर्थन र सहयोग निरन्तर रहने विश्वास दिलाउन चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ ।
यस्तो छ तरुण दलको विज्ञप्ति
प्रस्तुत विषयमा गत नोभेम्बरमा भएको निर्वाचनमा धाँधली भएको भन्दै बहाना बनाई बर्माको क्रुर तानाशाही प्रवृतिको सेनाले २०७७र१०र१९ तदनुसार २०२०र०२र०१ मा स्टेट काउन्सिलर आङ सान सुकी (जन निर्वाचित नेता), राष्ट्रपति विन मिन्टन र प्रदेश मुख्य मन्त्रीहरुलाई अपदस्त एवं पक्राउ गरी लोकतन्त्रको हत्या गरेको घटनाको नेपाल तरुण दल केन्द्रिय समिति घोर निन्दा र भत्र्सना गर्दछ ।
आजको सभ्य मानव समाजलाई नै चुनौतीको रुपमा देखिएको बर्माको सैनिक प्रवृतिलाई जनताको जनमतको कदर गर्न र यसो वा त्यसोको बहाना नबनाई प्रजातन्त्रको मुल्य मान्यतालाई आत्मसाथ गरी नयाँ संसदको आधिकारीक नतिजालाई स्वीकार गर्न, लोकतन्त्रका धरोहर विश्व समाजवादी नेता आङ सान सुकी लगायत अपदस्त नेताहरुलाई रिहा गर्न र बर्मामा प्रजातन्त्रको प्रक्रियालाई सुचारु गर्न नेपाल तरुण दल केन्द्रिय समिति चेतावनी दिन चाहन्छ ।
नेपाल तरुण दल मानव अधिकार र जनताको शासनमा पूर्ण विश्वास राख्ने तरुणहरुको संगठन भएकोले विश्वका कुनै पनि देशमा हुने प्रजातन्त्र एवं जनताको शासन विरोधी गतिविधिको निन्दा र विरोध गर्दै त्यहाँका स्वतन्त्रता प्रेमी जनसमुदाय संग नैतिक साथ, समर्थन र सहयोग निरन्तर रहने विश्वास दिलाउँन चाहन्छौ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।