आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

चीनले देखायो कन्जुस्याइँ, भारतले १० लाख डोज कोरोना खोप दिँदा चीनबाट ३ लाख मात्रै !

चीनले देखायो कन्जुस्याइँ, भारतले १० लाख डोज कोरोना खोप दिँदा चीनबाट ३ लाख मात्रै !

  • मिडिया डबली
  • आइतवार, माघ १८ २०७७

  • 15.3K
    SHARES

  • चीनले देखायो कन्जुस्याइँ, भारतले १० लाख डोज कोरोना खोप दिँदा चीनबाट ३ लाख मात्रै !

    काठमाडौं – नेपालको उत्तरी छिमेकी चीनलाई अमेरिकालाई नै टक्कर दिने गरी विश्वमै उदाउँदो शक्तिका रूपमा लिइन्छ । तर चीन छिमेकमै सहयोग गर्न कति कन्जुस छ भन्ने देखिएको छ ।

    दक्षिणी छिमेकी भारतले नेपाललाई १० लाख डोज कोरोना भाइरस विरुद्धको खोप उपलब्ध गराइसकेको अवस्थामा चीनले भने ३ लाख डोज खोप मात्रै उपलब्ध गराउने भएको छ ।

    काठमाडौंस्थित चिनियाँ दूतावासले दिएको जानकारी अनुसार चीनले ३ लाख डोज कोरोना भ्याक्सिन छिट्टै नेपाललाई अनुदानमा दिने निर्णय भएको छ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले कोरोना नियन्त्रण र उपचारमा प्रयोग हुने स्वास्थ्य सामग्री समेत चीनबाट किनेर ल्याएको थियो ।

    चीनले दिने भ्याक्सिन १ लाख ५० हजार जना व्यक्तिमा लगाउन मिल्ने जनाइएको छ । भारतले सहयोग गरेको खोप नेपाल आएर सफाइकर्मी, स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकामा लगाउन थालिसकिएको छ ।

    चीनले दिने भनेको भ्याक्सिन चिनियाँ कम्पनी सिनोफार्मले विकास र उत्पादन गरेको छ । भ्याक्सिनले चीनमा यसअघि नै सशर्त अनुमति पाइसकेको र ३१ जनवरीसम्म २ करोड ४० लाख मानिसलाई दिइसकेको दूतावासले जानकारी दिएको छ ।

    नेपाल सरकारले चिनियाँ खोपलाई हालसम्म मान्यता दिएको छैन । दूतावासले नेपाली अधिकारीसँग खोपको अनुमतिका लागि संयोजन गरिरहेको र छिट्टै खोप नेपाललाई उपलब्ध गराउने जनाइएको छ ।

    भारतले नेपाललाई बेलायतको अक्सफोर्ड र अष्ट्राजेनेकाले विकास गरेको र सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको १० लाख डोज भ्याक्सिन अनुदानमा दिइसकेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, श्रावण ३२ २०७७०७:३२:१३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend