आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

संसद विघटनको मुद्दामा सर्वाेच्च अदालतको यस्तो कडा निर्देशन

संसद विघटनको मुद्दामा सर्वाेच्च अदालतको यस्तो कडा निर्देशन

  • मिडिया डबली
  • बुधवार, माघ १४ २०७७

  • 6.3K
    SHARES

  • संसद विघटनको मुद्दामा सर्वाेच्च अदालतको यस्तो कडा निर्देशन

    काठमाडौं – सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी प्रतिनिधिसभा संसद विघटनको मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले समय निर्धारण सम्बन्धमा कडा निर्देशन दिएका छन् ।

    अधिवक्ताहरूले धेरै समय लगाएर बहस लम्ब्याउन थालेपछि जबराले कानून व्यवसायीलाई १०–१५ मिनेटभित्रै बहस सक्न निर्देशन दिएका हुन् ।

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता देव गुरुङ समेतको रिटमा सर्वोच्चमा सोमवारदेखि बहस जारी छ । बुधवार रिटमाथि बहस भइरहेका बेला प्रधानन्यायाधीश जबराले रिटमा बोल्न १ जना कानून व्यवसायीलाई १०–१५ मिनेट मात्र समय दिन सक्ने जनाएका छन् ।

    बुधवारको इजलासको अन्तिममा जबराले भने, ‘अब तपाईंहरूलाई १०–१५ मिनेटभन्दा बढता दिन्नौं, हठ पनि नगर्नुहोला ।’

    प्रधानन्यायाधीश जबराले संसद विघटनसम्बन्धी ६ वटा रिटमा सुनुवाइ बाँकी नै रहेको भन्दै धेरै समय नलिन आग्रह गरे । ‘तपाईंहरूको सकिएपछि अझै बाँकी ६ वटा निवेदन छ । उहाँहरूलाई पनि समय दिनैपर्‍यो । यसलाई प्रिय नै मानिदिनुहोला,’ जबराले भने ।

    नेता देव गुरुङ समेतको रिटमा वरिष्ठ अधिवक्ता डा. युवराज संग्रौला, शम्भु थापा, सुरेन्द्र महतो, शेरबहादुर केसी, अधिवक्ता मेघराज पोखरेल लगायतले बहस गरेका छन् ।

    संसद विघटनसम्बन्धी मुद्दामा संवैधानिक इजलासमा माघ ४ गतेदेखि विषयकेन्द्रित बहस भइरहेको छ । कूल १३ वटा रिट परेकामा हालसम्म ७ वटामा मात्र सुनुवाइ भएको छ । यसरी नै लामो–लामो बहस गर्दा घण्टौं लाग्न सक्ने अनुमान गरिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, माघ २ २०७७०३:२०:३९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend