काठमाडौं – स्थानीय तह निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्रबाट निर्वाचित रामेछापको मन्थली नगरपालिकाको १० नम्बर वडाका वडाध्यक्ष भरतबहादुर बोहरा बलात्कार काण्डमा पक्राउ परेका छन् ।
बलात्कारको आरोप लागेपछि प्रहरीले उनलाई शनिवार चनखुबाट पक्राउ गरेको हो ।
भक्तपुरको ठिमी प्रहरी वृत्तले पक्राउ गरी पठाइदिन गरेको आग्रह अनुसार प्रहरीले बोहरालाई पक्राउ गरी शनिवार नै ठिमी वृत्तको जिम्मा लगाएको प्रहरी निरीक्षक (इन्सपेक्टर) श्रीशंकर श्रेष्ठले बताएका छन् ।
मन्थलीकै एक युवतीले वडाध्यक्ष बोहराले बलात्कार गरेको भन्दै ठिमी प्रहरीलाई जाहेरी दिएको र त्यसकै आधारमा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि वडाध्यक्ष बोहरालाई पक्राउ गरिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।