आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

केपी ओलीका कुराले अदालत प्रभावित हुन्छ ? प्रधानन्यायाधीश राणाको यस्तो जवाफ 

केपी ओलीका कुराले अदालत प्रभावित हुन्छ ? प्रधानन्यायाधीश राणाको यस्तो जवाफ 

  • मिडिया डबली
  • बुधवार, माघ ७ २०७७

  • 5.3K
    SHARES

  • केपी ओलीका कुराले अदालत प्रभावित हुन्छ ? प्रधानन्यायाधीश राणाको यस्तो जवाफ 

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले सबैजसो भाषणमा विघटित प्रतिनिधिसभा पुनर्स्थापना नहुने र बैशाखमा चुनाव भएरै छाड्ने बताउने गरेका छन् ।

    तर संसद विघटनको मुद्दा सर्वाेच्च अदालतमा विचाराधीन छ । रिट निवेदकहरूले संसद पुनर्स्थापनाको माग गरेका छन् ।

    यस्तो बेला प्रधानमन्त्री ओलीको बोलीले अदालत प्रभावित हुने पो हो कि भनेर सर्वत्र चासो छ ।

    तर सर्वाेच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले संसद विघटनका विषयमा दलहरूले गरिरहेका गतिविधिबाट अदालत प्रभावित नहुने जवाफ दिएका छन् ।

    संसद विघटनविरुद्धको मुद्दामा बुधवार सुनुवाइका क्रममा रिट निवेदकले उठाएको प्रश्नमा प्रधानन्यायाधीश राणाले बाहिरको कुराले अदालत प्रभावित नहुने बताए ।

    रिट निवेदक कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रूपमा संसद पुनर्स्थापना नहुने भनिरहेका बताए ।

    ‘कार्यपालिका प्रमुखले शक्ति पृथकीकरणको सिद्धान्त विपरीत बोल्न हुँदैन । उहाँले अदालतको कार्यक्षेत्रमा हस्तक्षेप गरिरहनुभएको छ,’ न्यौपानेले इजलासमा भने ।

    न्यौपानेलाई रोक्दै प्रधानन्यायाधीश राणाले भने, ‘बाहिरको कुराले तपाईं प्रभावित हुनुहुन्छ ? हुनुहुन्न भने हामी पनि हुन्नौं ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, माघ २ २०७७०३:२०:३९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend