आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

सर्वाेच्च अदालतमा एकाएक खैलाबैला, विद्या भण्डारी र केपी ओलीको फाइल नै गायब !

सर्वाेच्च अदालतमा एकाएक खैलाबैला, विद्या भण्डारी र केपी ओलीको फाइल नै गायब !

  • मिडिया डबली
  • शुक्रवार, माघ २ २०७७

  • 14.6K
    SHARES

  • सर्वाेच्च अदालतमा एकाएक खैलाबैला, विद्या भण्डारी र केपी ओलीको फाइल नै गायब !

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनमाथि सर्वाेच्च अदालतमा सुनुवाइका क्रममा खैलाबैला मच्चिएको छ ।

    आज शुक्रबार संवैधानिक इजलाशमा जारी बहसका क्रममा वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले प्रतिनिधिसभा विघटनको विषयमा राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयबाट प्राप्त जवाफको फाइल खोज्दा नभेटिएपछि चर्काचर्की भएको हो ।

    राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयले पठाएको जवाफको फाइल सर्वोच्च अदालतमा फेला नपरेपछि अधिवक्ता श्रेष्ठ गम्भीर बनेका थिए । ‘श्रीमान् राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयले पठाएको फाइल गायब गरिएको छ । पुस २३ गते नै फाइल थिएन,’ श्रेष्ठले भने ।

    वरिष्ठ अधिवक्ता श्रेष्ठले बोल्दाबोल्दै उनको माइक काटिएको थियो । त्यसपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले पुस २८ गते फर्काउने गरी फाइल दिइएको स्वीकार गरेका छन् ।

    सर्वाेच्च अदालतमा पुगिसकेको सरकारी जवाफको फाइल फिर्ता पठाइदिनुलाई रिट निवेदकतर्फका वकिलहरूले गम्भीर रूपमा लिएका छन् । यस्ता घटनाले अदालतप्रतिको विश्वसनीयता घट्ने अधिवक्ताहरूको जिकिर छ ।

    फाइल गायब पारिएको घटनाले इजलाशमा केहीबेर चर्काचर्की भएको थियो । बहसको प्रत्यक्ष प्रसारण सुनिरहेकाहरू नै अलमलमा परेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, माघ २ २०७७०३:२०:३९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend