काठमाडौं – विश्वविद्यालयका उपकूलपति नन्दबहादुर सिंहलाई ज्ञापनपत्र बुझाउन गएका विद्यार्थीसँग झडप हुँदा सुर्खेतको मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा प्रहरीले अश्रुग्यासको फायरिङ खोलेको छ ।
विश्वविद्यालयमा विद्यार्थी र प्रहरीबीच झडप हुँदा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड अश्रुग्यास हानेको हो ।
उपकूलपति सिंहले ज्ञापनपत्र बुझ्न नमानेपछि तनाव उत्पन्न भएको थियो । सिंहले ज्ञापनपत्र मातहतका परीक्षा नियन्त्रण कार्यालय लगायतलाई बुझाए पनि हुने प्रतिक्रिया दिएका थिए ।
उपकूलपति सिंह बाहिर निस्किने क्रममा विद्यार्थीले ढुंगामुढा गर्न थालेपछि तनाव सिर्जना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेत प्रहरी नायव उपरीक्षक (डीएसपी) रामप्रसाद घर्तीले बताएका छन् ।
झडपको घटनामा ३ जना विद्यार्थी घाइते प्रहरीले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।