काठमाडौं – राष्ट्रिसभा बैठकमा पहिलोपटक बोल्ने अवसर पाएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष बामदेव गौतम बोल्दाबोल्दै माइक काटिएको छ ।
बिहीबारको बैठकमा १५ मिनेटको समय पाएका गौतमले समयमा आफ्नो मन्तव्य नसकेपछि बढी बोल्न थालेपछि राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले लाइन काटेर अर्का सदस्य रमेशजंग रायमाझीलाई बोल्ने समय दिए ।
नेकपाको ठूलो नेता आफू नै भएको दाबी गरिरहेका बामदेवको माइक काटिएपछि बैठकमा सन्नाटा छाएको थियो । अर्का वक्ता रायमाझी बोल्न सुरू गर्दासम्म पनि बामदेव बोलिरहेकै थिए ।
अर्का सांसद बोल्न सुरू गरिसकेको थाहा पाएपछि गौतम बल्ल बसेका थिए । बोल्न छाडेर बसेपछि बामदेव गौतम हाँसेका थिए ।
राष्ट्रिय सभामा वामदेव पहिलोपटक बोलेका हुन् । सम्बोधनका क्रममा उनले नेकपा एकता अपरिहार्य रहेको बताएका छन् ।
‘एकता अपरिहार्य छ, तर अवस्था के छ भने दुबै समूहका शीर्ष नेताहरू नै एकअर्काविरुद्ध यसरी उत्रिनुभाछ ...,’ वामदेवले भने । गौतमले यति भन्दै गर्दा माइक काटिएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।