सोमवार, भाद्र २९ २०८३Sep 14 2026

Logo
images images

संसदमा आज बामदेव गौतमको पालो तोकियो !

संसदमा आज बामदेव गौतमको पालो तोकियो !

  • मिडिया डबली
  • बिहिवार, पौष २३ २०७७

  • 4.5K
    SHARES

  • संसदमा आज बामदेव गौतमको पालो तोकियो !

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट मनोनित राष्ट्रियसभा सदस्य बामदेव गौतमले पहिलोपटक राष्ट्रिय सभाको सातौं अधिवेशनअन्तर्गत आज बिहीबारको बैठकमा बोल्ने पालो पाएका छन् ।

    बिहीबारको बैठकमा नेकपा उपाध्यक्ष समेत रहेका राष्ट्रियसभा सदस्य बामदेव गौतम लगायतले सम्बोधन गर्ने कार्यसूची तोकिएको छ ।

    गौतम राष्ट्रियसभा सदस्यमा मनोनित भएपछि आज बिहीबार पहिलोपटक सम्बोधन गर्न लागेका छन् ।

    यसअघि पुस १७ गते बसेको बैठकमा राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुले बैठकलाई सम्बोधन गरेका थिए ।

    आज बिहीबार गौतमबाहेक नेकपा संसदीय दलका प्रमुख सचेतक खिमलाल भट्टराई, सदस्य रामनारायण बिडारी लगायतले सम्बोधन गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जानकारी दिएको छ ।

    सरकारले प्रतिनिधिसभा संसद विघटन गरेर बैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेपनि राष्ट्रियसभा अधिवेशन चलिरहेको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, भाद्र १९ २०७७१०:११:२२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend