काठमाडौं – नेपाली लेगस्पिनर सन्दीप लामिछानेले अष्ट्रेलियाको बिगबास लिग क्रिकेटको पहिलो खेलमै विकेट लिएका छन। होबार्ट हुरिकेन्सबाट अहिले जारी खेल खेलिरहेका सन्दीपले पहिलो ओभरमै हिल्टन कार्टराइटलाई ८ रनमा खेलिरहँदा बोल्ड गरे।
त्यसपछि सन्दीपले बेन डुन्कको विकेट लिए। मेलबर्नविरुद्ध सन्दीपले ४ ओभरमा ३८ रन खर्चिएर २ विकेट लिएका हुन्। चौध दिनको अनिवार्य क्वारेन्टाइनको समय सकिएपछि उनले आज पूर्व क्लब मेलवर्न स्टार्सविरुद्ध पहिलो खेल खेलेका हुन। क्वारेन्टिनमा रहँदा उहाँले हुरिकेन्सका शुरुआती छ खेल गुमाएका थिए।
हालसम्म खेलेका छ खेलमा होबार्ट चारमा जित तथा दुई खेलमा हार निकालेको छ। सन्दीप यसपाली तेस्रो पटक बिगबास लिग खेल्दैछन। यसअघि दुई यामको बिगबास उनले मेलवर्न स्टार्सबाट खेलेका हुन। ती दुई याममा उनले कूल २० खेल खेल्दै २६ विकेट लिएका थिए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।