शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

कम्युनिस्ट मेयरका बुवाको निधन भएपछि आज सार्वजनिक बिदा (सूचनासहित)

कम्युनिस्ट मेयरका बुवाको निधन भएपछि आज सार्वजनिक बिदा (सूचनासहित)

  • मिडिया डबली
  • बिहिवार, पौष १६ २०७७

  • 8.4K
    SHARES

  • कम्युनिस्ट मेयरका बुवाको निधन भएपछि आज सार्वजनिक बिदा (सूचनासहित)

    काठमाडौं – झापा जिल्लाको कनकाई नगरपालिकाका कम्युनिस्ट मेयर राजेन्द्र पोखरेलका बुवाको निधन भएपछि नगरपालिकाले आज बिहीवार शोक (सार्वजनिक) बिदा दिएको छ ।

    मेयर पोखरेल पूर्व एमालेबाट चुनाव लडेर जितेका हुन् । नगरपालिकाले सूचना जारी गर्दै मेयरलाई पितृशोक परेकाले बिहीवार १ दिन सार्वजनिक बिदा दिइएको जानकारी दिएको छ ।

    मेयर पोखरेलका ८७ वर्षीय बुवा गणेशप्रसाद पोखरेलको पुस १५ गते निधन भएको थियो ।

    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेद्वारा जारी सूचनामा बिहीबार कनकाई नगरपालिकाको कार्यालय, मातहतका सबै वडा कार्यालय, स्वास्थ्य संस्था तथा शैक्षिक संस्थामा सार्वजनिक बिदा दिइएको जनाइएको छ ।

    bdd.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend