आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

वर्षमान पुनको गम्भीर खुलासा, प्रधानमन्त्रीले नेताहरुको फोन ट्यापिङ गरिरहेका छन्

वर्षमान पुनको गम्भीर खुलासा, प्रधानमन्त्रीले नेताहरुको फोन ट्यापिङ गरिरहेका छन्

  • मिडिया डबली
  • बुधवार, पौष १५ २०७७

  • 4.7K
    SHARES

  • वर्षमान पुनको गम्भीर खुलासा, प्रधानमन्त्रीले नेताहरुको फोन ट्यापिङ गरिरहेका छन्

    काठमाडौं – नेकपाका स्थायी समिति सदस्य वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले गैरकानुनी रुपमा नेपालका राजनीतिक दलका नेताहरुको टेलिफोन ट्यापीङ गरिरहेको आरोप लगाएका छन् प्रतिनिधिसभा विघटन विरुद्ध नेकपाको प्रचण्ड–नेपाल पक्षद्वारा मंगलबार रोल्पाको लिवाङमा आयोजित सभामा पुनले यस्तो आरोप लगाएका हुन्। ‘सबै नेताहरुका टेलिफोन ट्यापिङ भइरहेको छ।

    नेताहरुले फोनमा गोप्य कुरा गर्न मिल्दैन’, पुनले भने, ‘सञ्चारका साधनहरुमा कुरा गर्न नमिल्ने गरी नेताहरुलाई आतंकित गरिएको छ, हाम्रोजस्तो लोकतान्त्रिक संविधान भएको मुलुकमा यो स्वीकार्य हुन सक्दैन।’ उनले प्रधानमन्त्रीका कारण व्यवसायी समेत आतंकित बनेको आरोप लगाए। सरकार बन्दै गर्दा सहयात्री दलको जिम्मामा परेको गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय अनुसन्धान विभागलाई नियतबस आफू मातहत राखेर प्रधानमन्त्रीले सबै निकाय आफूमा केन्द्रित गर्ने संकेत देखाएको उनको भनाइ छ।

    ‘सम्पत्ति शुद्धीकरण र राजश्व अनुसनधान विभाग आफू मातहत राखेर उद्योगी व्यवसायीलाई तर्साएर आत्मसमर्पण गराउने र नगर्नेलाई कारबाही गर्ने काम भयो’ उनले भने, ‘हामीले सबै अधिकार एउटै व्यक्तिका अधिनमा राखेर आतंकित पार्ने खालको लोकतन्त्र ल्याएका होइनौं।’

    ओलीको शक्ति र सत्ता दुरुपयोग दुई दिनको भएको भन्दै उनले सत्ता र शक्तिको धम्कीबाट आफूहरु नडराउने चेतावनी दिए। संविधानमा कतै नभएको अधिकार प्रयोग गरेर ओलीले संसद विघटन गरेको उनले बताए। उनले भने दलभित्र असहयोग भएको बहानामा जनताको अभिमतको अपमान गर्ने छुट संविधानले प्रधानमन्त्रीलाई नदिएको पनि बताए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, मंसिर १२ २०७७०६:५०:१३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend