काठमाडौं – संखुवासभा जिल्लामा प्रहरी र नेत्रविक्रम चन्द ‘विप्लव’ समूहबीच गोली हानाहान भएको छ ।
आईतबार दिउँसो ३ बजेतिर चैनपुर नगरपालिका वडा नम्बर ४ मैदानेमा गस्तीमा गएको प्रहरीको टोलीमाथि विप्लव समूहबाट गोली प्रहार भएपछि दोहोरो हानाहान भएको छ ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक (डीएसपी) नवराज मल्लका अनुसार शुरूमा एपीएफसहित खटिएको प्रहरी टोलीमाथि गोली प्रहार भएको थियो ।
‘एपीएफसहित हाम्रो २०–२५ जनाको टोली नियमित गस्तीमा गएको थियो,’ मल्लले भने, ‘गस्ती गएको टोलीमाथि विप्लव समूहले गोली प्रहार गरेर जंगलतिर भागेका थिए ।’
मल्लका अनुसार विप्लव समूहका कार्यकर्ताले ४–५ राउन्ड गोली प्रहार गरेका थिए । गोली हानाहानबाट कसैलाई पनि कुनै क्षति नपुगेको प्रहरीले जानकारी दिएको छ ।
गोली प्रहार भएपछि प्रहरीले पनि जवाफी फाइरिङ गरेको डीएसपी मल्लले जानकारी दिए । ‘हाम्रो टोलीले पनि १५–२० राउन्ड गोली प्रहार गरेको थियो,’ उनले भने ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।