काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्माओली पक्षका नेता महेश बस्नेतले प्रचण्ड निकट (नेकपा) पार्टी कार्यालय पेरिस डाडाँमा आगो लगाइ दिने धम्की दिएका छन् ।
शनिबार ललितपुर क्षेत्र नम्बर १ को ओली पक्षीय कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने , ‘हामी पेरिस डाँडाको पार्टी कार्यालयमा आँखा लगाउँदैनौं । प्रचण्ड पक्षले पनि बल्खु र धुम्बाराहीमा आँखा लगाउन खोजेमा युवाहरुले पेरिस डाँडाको पार्टी कार्यालयमा आगो लगाइदिन्छन् ।’
उनले माधव नेपाल र झलनाथ खनाललाई समेत बिभिन्न पदको लोभ देखाएर फसाइएको आरोप लगाएका छन् । बस्नेतले धुम्बाराही र बल्खुमा आफूहरुको अधिकार रहेकाले दाबी नगर्न चेतावनी पनि दिए । उनले सूर्य चिन्हमा पनि हक दाबी नगर्न भनेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।