आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

बालुवाटारमा बादलको घोषणा : नेकपाको मूल नेतृत्व केपी ओली नै हुन्

बालुवाटारमा बादलको घोषणा : नेकपाको मूल नेतृत्व केपी ओली नै हुन्

  • मिडिया डबली
  • बिहिवार, पौष ९ २०७७

  • 7.4K
    SHARES

  • बालुवाटारमा बादलको घोषणा : नेकपाको मूल नेतृत्व केपी ओली नै हुन्

    काठमाडौं – कम्युनिस्ट सरकारका गृहमन्त्री एवं नेकपा सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ले बालुवाटार पुगेर नेकपाको मूल नेतृत्व अध्यक्ष केपी शर्मा ओली नै भएको घोषणा गरेका छन् ।

    बालुवाटारमा ओली पक्षीय नेकपा केन्द्रीय कमिटी बैठकलाई बिहीबार सम्बोधन गर्दै नेता थापाले आफूले सोचविचार गरेरै नेकपाको मूल नेतृत्वलाई साथ दिएको जानकारी दिए ।

    ‘देशलाई प्रतिक्रान्तिमा जान नदिन मैले मूल नेतृत्वलाई साथ दिएको हो,’ उनले भने । नेकपा विभाजनको बेला लामो समयको मौनता तोड्दै थापा ओली पक्षमा लागेका छन् । ओली समूहमा सहभागी हुने थापा पूर्व माओवादी पक्षका प्रभावशाली नेता रहेका छन् । उनी तत्कालीन माओवादी केन्द्रमा पार्टी महासचिव रहेका थिए ।

    थापाको सहभागितासँगै नेकपाको दुवै समूहमा सचिवालयका ४–४ जना सदस्य भएका छन् । गृहमन्त्री पद जोगाउने स्वार्थमा परेर नेकपा सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा लागेपछि बादल गुटभित्रै विद्रोह उत्पन्न भएको छ । बादल मन्त्री भएदेखि राजनीतिक सल्लाहकार रहेका सूर्य सुवेदी ‘पथिक’ले बादलको साथ छाडेर प्रचण्ड नेकपातिर लागेका छन् ।

    नेकपा केन्द्रीय सदस्य समेत रहेका सुवेदीले गृहमन्त्री बादलको सचिवालय र राजनीतिक सल्लाहकारको भूमिकाबाट अलग भएको घोषणा गरेका छन् । सुवेदीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपामा आवद्ध हुने भएका छन् ।

    बादल गृहमन्त्री भएदेखि सुवेदी उनीसँगै थिए । दुवैको गृहजिल्ला चितवन हो । प्रचण्ड र ओलीसँग छुट्टाछुट्टै छलफल गरेका बादल अन्ततः ओलीतिर लागेका छन् ।

    बादल गुटका प्रभावशाली नेता मानिएका पम्फा भुसाल र देव गुरुङ समेत प्रचण्ड नेकपातिरै लागेका छन् । ओली नेकपातिर बादल एक्लै परेका नेकपा स्रोतले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, कार्तिक १४ २०७७१०:०९:१९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend