काठमाण्डौं – निवर्तमान ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तबारे सामाजिक सञ्जालमा अनर्गल प्रचार गरिएको भन्दै उनको सचिवालयले आपत्ति जनाएको छ ।
उनका स्वकीय सचिव समेत रहेका नेकपा केन्द्रीय सदस्य दुर्गाप्रसाद चापागाईं (सचिन) ले सामाजिक सञ्जाल फेसबुकमार्फत आपत्ति जनाएका हुन् ।
चापागाईंले संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमको विरोध गरेका कारण त्यसबाट डराएका केही पात्र र प्रवृत्तिले अनन्तले सामाजिक र राजनीतिक चरित्र हत्या गर्ने खराब मनसायले गलत प्रचार गरेको उल्लेख गरेका छन् ।
चापागाईंले आइतबार मन्त्री पदबाट राजीनामा दिएका पुन मन्त्री निवास छाडेर डेरा सर्ने क्रmममा सरकारी सामान नलगिएको स्पष्ट गरेका छन् । चापागाईंले त्यस्तो गलत प्रचार गर्नेहरुमाथि कानूनी कारबाहीको प्रक्रियामा जानुपर्ने अवस्था आउन सक्ने चेतावनी पनि दिए ।
‘मन्त्री निवास छाडेर डेरा सर्ने क्रममा कुनै सरकारी सामान नलगेको स्पष्ट गर्न चाहन्छु । प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमविरुद्ध मन्त्रिपरिषदमै र बाहिरसमेत प्रतिवाद गर्नुभएको र सोही कारण उहाँले मन्त्री पदबाट राजीनामा गर्नुभएको सर्वविदितै छ’, चापागाईंले भनेका छन्,
‘उहाँको कदमबाट डराएका प्रवृत्ति र पात्रहरुले उहाँको सामाजिक र राजनीतिक चरित्र हत्या गर्ने खराब मनसायले गरिएको प्रचारप्रति आपत्ति प्रकट गर्दछु । यदि यस्तै प्रचारका गलत दुस्प्रचार जारी रहे गलत प्रचारमा संलग्नहरुमाथि कानूनी उपचारमा जानुपर्ने अवस्था समेत आउन सक्ने जानकारी गराउँदछु ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।