आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

मोबाइल उत्पादनमा चीनलाई उछिन्दै भारत : रविशंकर प्रसाद

मोबाइल उत्पादनमा चीनलाई उछिन्दै भारत : रविशंकर प्रसाद

  • मिडिया डबली
  • सोमवार, पौष ६ २०७७

  • 6.1K
    SHARES

  • मोबाइल उत्पादनमा चीनलाई उछिन्दै भारत : रविशंकर प्रसाद

    नयाँ दिल्ली -  भारतका केन्द्रीय मन्त्री रविशंकर प्रसादले भारत विश्वको दोस्रो ठूलो मोबाइल उत्पादन गर्ने मुलुक बन्‍ने पुगेको बताएका छन् । उनले भारतले मोबाइल उत्पादनमा चीनलाई उछिन्‍ने लक्ष्य राखेको र त्यो लक्ष्य चाँडै पूरा हुनेसमेत बताएका छन् । 

    "जब हामी सन् २०१४ मा सत्तामा आएका थियौं । भारतसँग दुईवटा मोबाइल कारखानाहरु थिए । अहिले भारतमा २६० भन्दा बढी मोबाइल उत्पादन कारखानाहरु रहेका छन् । भारत विश्वको दोस्रो ठूलो मोबाइल निर्माता मुलुक बनेको छ । अब म चीनलाई पछाडि पार गर्न खोजिरहेको छु, जुन मेरो लक्ष्य हो । र म "केन्द्रीय मन्त्रीले फिक्कीको ९३ औं वार्षिक साधारण सभालाई भिडियो कन्फरेन्सिङबाट सम्बोधन गरेका छन् ।"

    पोष्ट कोभिड-१९ युगपछि 'आर्थिक पुनरुद्धारका लागि आईसीटीको भूमिमा' विषयमा बोल्दै रविशंकरले भने, "डिजिटल इन्डिया इकोसिस्टम, जुन हामीले कल्पना गरेका थियौं । यसलाई पूरा गर्ने वातावरण सिर्जना गरेका छौं ।" 

    कोभिड-१९ महामारीका समयमा पनि डिजिटल इण्डियाको अभियानलाई जारी राखेको र सामान्य भारतीयहरूलाई टेक्नोलोजीको शक्तिले सशक्त बनाउने लक्ष्यतर्फ अग्रसर भइरहेको उनले बताएका छन् । 

    उनले सयौं सरकारी योजनाहरूको माध्यमबाट उनीहरूले विगत साढे ५ वर्षको अवधिमा गरिबहरुलाई १३ लाख करोड रुपैयाँ वितरण गरिएको समेत बताएका छन् । 

    "४४० सरकारी योजनाहरुमा हामीले विगत साढे ५ वर्षमा १३ लाख करोड रुपैयाँ गरीबहरुको बैंक खाताहरुमा पठाइएको छ," उनले भने ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र २५ २०७७०३:०५:३४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend