आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

गृहमन्त्री बादल परे धर्मसंकटमा, १६ केन्द्रीय सदस्यको यस्तो खुला धम्की

गृहमन्त्री बादल परे धर्मसंकटमा, १६ केन्द्रीय सदस्यको यस्तो खुला धम्की

  • मिडिया डबली
  • सोमवार, पौष ६ २०७७

  • 21.8K
    SHARES

  • गृहमन्त्री बादल परे धर्मसंकटमा, १६ केन्द्रीय सदस्यको यस्तो खुला धम्की

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय सदस्य एवंं गृहमन्त्री रामबहादुर थापा ‘बादल’ धर्मसंकटमा परेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँगै सरकारमा रहेकाले ओली नजिक रहेका गृहमन्त्री बादलमाथि ओलीसँग नमिल्न दबाब परेको छ ।

    पूर्व माओवादीभित्र बादल गुटका १६ केन्द्रीय सदस्यले मन्त्रीनिवास पुल्चोकमा भेला गरेर कुनै पनि हालतमा ओलीसँग मिल्न नहुने जनाएका छन् । बादल ओलीतिर लागेमा आफूले साथ दिन नसक्ने धम्की बादललाई दिइएको छ ।

    नेकपाको बादल गुटमा प्रभावशाली मानिएका देव गुरुङ र पम्फा भुसालले समेत ओलीसँग मिल्नै नहुने कडा अडान लिएका छन् । ओलीसँग नमिलेमा बादलले खाइपाई आएको मन्त्री पद गुमाउनुपर्ने अवस्था रहेको छ ।

    पुल्चोक भेलामा सहभागी नेकपा केन्द्रीय नेताहरू हितमान शाक्य, मनोज थापा, सावित्रिकुमार काफ्ले, यसोदा सुवेदी, लेखनाथ न्यौपाने, सूर्यप्रकाश सुवेदी, श्रीराम ढकाल, युवराज भट्टराई, अमृता थापा मगर, मायाप्रसाद शर्मा, महेश्वर दाहाल, रामदीप आचार्य र सुरेश आलेमगर लगायतले बादलमाथि दबाब दिएर धर्मसंकटमा पारेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, कार्तिक १४ २०७७१०:०९:१९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend