काठमाडौं - चर्चित नायिका करिष्मा मानन्धरले राजनीतिक तमासा हेरेर बस्न वाद्य भएको जानकारी दिएकी छिन्।
जनताको भावना कदर गर्ने प्रवृत्ति राजनीतिक दल र नेताहरुमा नहुँदा जनताको भावना विपरित राजनीतिक निर्णय हुँदा पनि जनताले सहेर बस्नु परिरहेको उनको भनाइ छ ।
'कठै बरा नेपाली जनता आफूलाई सबै खाले ज्ञान हुँदाहुँदै पनि सत्ता मोहमा लिप्त भएर जुन हदमा पनि जानसक्नेहरुको तमासा हेरेर बस्न वाद्य छौं,' उनी सामाजिक सञ्जाल फेसबुकमा लेख्छिन्, “यहाँ काहाँ छ देश प्रेम ?, काहाँ छ जनताको भावनाको कदर ?, काहाँ छ उनीहरु आफैंले गरेको प्रतिबद्धता ?”
प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गरेपछि कलाकारहरुले आफ्नो धारणा राखेका छन् ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।