आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक विशेष

केपी ओलीको पछि लागेनन् गृहमन्त्री बादल, मन्त्री क्वार्टरमै छुट्टै तयारी गर्दै

केपी ओलीको पछि लागेनन् गृहमन्त्री बादल, मन्त्री क्वार्टरमै छुट्टै तयारी गर्दै

  • मिडिया डबली
  • सोमवार, पौष ६ २०७७

  • 4.8K
    SHARES

  • केपी ओलीको पछि लागेनन् गृहमन्त्री बादल, मन्त्री क्वार्टरमै छुट्टै तयारी गर्दै

     काठमाडौं – नेकपाभित्रको विवाद बढेर राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि मन्त्री पदबाट राजीनामा नदिएका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा रहेका धेरैले अनुमान लगाए ।

    तर सोमबार बिहान ओलीले बालुवाटारमा आफूपक्षीय सांसदलाई बोलाउँदा बादल त्यहाँ गएनन् । बरु पूर्व माओवादी पक्षकै अर्का उद्योगमन्त्री लेखराज भट्ट बालुवाटार गएका छन् ।

    गृहमन्त्री समेत रहेका नेकपा सचिवालय सदस्य बादलले भने मन्त्री क्वार्टर पुल्चोकमै आफूनिकटका नेताहरूसँग छलफल गरेर छुट्टै तयारीमा लागेका छन् । सोमबार बादलले पुल्चोकस्थित मन्त्री क्वार्टरमा आफूनिकट केन्द्रीय सदस्यलाई बोलाएर छलफल गरेका छन् ।

    बादलनिकट एक नेताले नेकपाका ३ दर्जनजति केन्द्रीय सदस्य भेला भएर छलफल गरिएको जानकारी दिए । प्रधानमन्त्री ओलीले बालुवाटारमा बोलाएको छलफलमा बादल सहभागी नभएपछि सबैले चासो लिएका छन् ।

    आईतबार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि नेकपाको राजनीति संकटमा परेको छ । बादलले एक्लै ओलीतिर लाग्दा आफ्ना गुटका अरु अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’तिर जाने सम्भावना रहेकाले बादलले छुट्टै भेला गरेर छलफल गरेको जनाइएको छ ।

    बादल पक्षकै पम्फा भुसाल र देव गुरुङ लगायतका प्रभावशाली नेताहरू ओलीको खरो विरोधमा रहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, कार्तिक १४ २०७७१०:०९:१९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend