काठमाडौँ- गृहमन्त्री तथा नेकपा सचिवालय सदस्य रामबहादुर थापाले आफू निकट केन्द्रीय सदस्य तथा सांसदहरुको छुट्टै भेला गरेका छन् ।
पुलचोकस्थित सरकारी निवासमा उनले आफू पूर्वमाओवादीमा हुँदाका निकटस्थहरुको भेला गरेका हुन् । भेलामा स्थायी कमिटी सदस्यहरु पम्फा भुसाल र देव गुरुङसहितका नेता सहभागी रहेको स्रोतले जानकारी दिएको छ ।
बादलले आफूसँग ३५ जना केन्द्रीय समितिका सदस्यहरु रहेको दाबी गर्दै आएका छन् । त्यस्तै ६ जना सांसद पनि आफ्नो गुटमा रहेको बादलले दाबि गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।