सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

प्रधानमन्त्री ओलीविरुद्ध उत्रिँदै सभामुख सापकोटाले भने – पुस १८ भित्रै संसद बैठक बस्छ

प्रधानमन्त्री ओलीविरुद्ध उत्रिँदै सभामुख सापकोटाले भने – पुस १८ भित्रै संसद बैठक बस्छ

  • मिडिया डबली
  • सोमवार, मंसिर २९ २०७७

  • 4.7K
    SHARES

  • प्रधानमन्त्री ओलीविरुद्ध उत्रिँदै सभामुख सापकोटाले भने – पुस १८ भित्रै संसद बैठक बस्छ

    काठमाडाैं -  सभामुख अग्निप्रसाद सापकोटाले पुष १८ गतेभित्र संघीय संसदको हिउँदे अधिवेशन बोलाउनै पर्ने बाध्यता भएकाले संसद सचिवालयले आफ्नो तयारी गरिरहेको बताएका छन् । आइतबार १४ औं संघीय संसद् सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख सापकोटाले संवैधानिक बाध्यता भएअनुसार पुष १८ गतेभित्र संसद अधिवेशन आव्हान हुने बताएका हुन् ।

    सभामुख सापकोटाले अबको अधिवेशन नयाँ ढंगले क्रमभंग गरेर चलाउनुपर्ने बताए । उनले भने– ‘हामी विधेयक अधिवेशनको तयारी गर्दै छौं । अब पुष १७–१८ गते बेलाउनै पर्ने संवैधानिक बाध्यता छ । त्यो माथि अलि नयाँ ढंगले चलाउनुपर्छ । म आग्रह गर्न चाहन्छु की हामीले संविधान क्रमभंग गरेरै बोलाउनुपर्छ ।’

    यता प्रधानमन्त्री केपी शर्मा ओली भने संसद देखि भागीरहेका छन्। गत असार १८ गते हतार हतार सभामुखलाई समेत थाहै नदिई अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेका ओलीलाई अहिले पनि संसदभीत्र आफूविरुद्ध आउनसक्ने घटनाको त्रास छ। किनकी उनी अहिले पनि पार्टीभित्र अल्पमतमा छन्।

    नेकपाकै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले ओलीलाई गलाउन स्थायी कमिटिको बैठक संसद बैठक आह्वान नहुन्जेलसम्मलाई लम्ब्याइरहने तयारी गरेको छ। कोभिड–१९को संक्रमणका कारण संसद अधिवेशन प्रभावित हुन नदिन पनि संसद सचिवालयले विशेष तयारी गरिरहेको सभामुख सापकाटाले बताए ।

    उनले परम्परागत रुपमा संसद चलाउन सम्भवन नभएकोले केही रुपान्तरण गर्नुपर्ने संकेत गरे । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोभिडका कारण बन्द रहेको संसद र समितिका बैठकहरु सधैबरी रोकेर बस्न नहुने बताए । कोभिडको यो स्थिति कहिले सम्म जान्छ थाहा नभएकाले स्वास्थ्य मापदण्डलाई पालना गर्दै बैठक चलाउनुपर्ने बताए ।

    उनले अहिलेसम्म संघीय सांसदहरु र संसद सचिवालयका कर्मचारीहरुमा पनि कोभिड संक्रमण देखा परेको स्थिति भएकाले उच्च सावधानी अपनाउन जरुरी रहेको बताए । कोभिड कै कारण संसद बैठक बीचैमा रोक्नुपर्ने स्थिति आउने भएकाले पनि ध्यान दिनुपर्नेमा जोड दिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, फाल्गुण २६ २०७९१०:५६:०५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend