काठमाडौं– नेकपा निकट व्यापारी नारायण पौडेलको घरबाट पक्राउ परेका १ दर्जन व्यापारीको सम्पत्ति छानविन हुने भएको छ। साउन १७ गते पौडेलको घरमा जुवाको खालबाट एक दर्जन व्यापारी पक्राउ परेका थिए। उनीहरुको सम्पत्ति छानविन गर्ने नियामक निकायले संकेत गरेको छ। पक्राउ परेका खत्री महाराजगञ्ज प्रहरी वृतको हिरासतमा रहेका छन् ।
प्रहरी र सम्पती शुद्धीकरणका अधिकारीहरु थप अनुसन्धानमा जुटेका छन्। खत्री सहित जुवाको खालबाट पक्राउ परेका गोवर्दन श्रेष्ठ, याम बहादुर श्रेष्ठ, नरध्वज श्रेष्ठ, राज श्रेष्ठ, सिद्धि बहादुर श्रेष्ठ, याङवा शेर्पा, अनिल लगुन, सूर्य नारायण श्रेष्ठ, छविलाल विक, सोम बहादुर श्रेष्ठ र गम्भिरदास गुभाजु सहित प्रहरी हिरासतमै छन् । प्रहरीले उनीहरुका साथबाट ३ लाख ८ हजार ५ सय नियन्त्रण बरामद गरेको छ ।
खत्रीको सम्पत्ती देखेर प्रहरी तीन छक्क!
खत्रीको काठमाडौं वनस्थलीको सिन्धु कोलोनीभित्र ५ रोपनीको कम्पाउण्डमा आलिसान घर छ । काठमाडौंभित्रै विभिन्न ठाउँमा सम्पती जोडेका खत्रीको आफ्नो र श्रीमतीको अतिरिक्त विभिन्न व्यक्तिको नाममा समेत सम्पती रहेको प्रहरी स्रोतको दाबी छ। श्रीमतीको नाममा स्वयम्भू, बौद्ध र ककनीमा दर्जनौ रोपनी जग्गा समेत अनुसन्धानको क्रममा फेला परेको छ ।
यस्तै न्यूरोडको रञ्जना कम्प्लेक्समा खत्रीको दुई करोड दरका ५ वटा सटर समेत छ। खत्रीको सिन्धु विकास बैङकमा १ करोडको शेयर फेला परेको छ भने शुभश्री हाइड्रोमा ६ करोडको शेयर रहेको छ । विगत १५ बर्षको अवधीमा खत्रीले अस्वाभाविक रुपमा आर्जन गरेको सम्पती देखेर विभागका अधिकारीहरु पनि चकित परेका छन् ।
खत्रीको दुईवटा ल्याण्डरोभर गाडी काठमाडौंका सडकमा गुडिरहेका हुन्छन् । सो गाडिसँगै डेढ करोड पर्ने टोयोटाका हाइलक्स गाडी पनि उनले चढ्दै आएका छन् । विगतमा रक्तचन्दको अवैध कारोवारमा समेत संलग्न रहेका खत्रीले भारतको हरियाणामा दर्ता भएको बीएमडब्लू कार पनि काठमाडौंमा चलाउँदै आएका छन् । भारतीय नम्वर प्लेटको सो गाडी भने उनले दैनिक राजस्व तिरेर चलाउँदै आएको बताइएको छ । खत्रीको खर्च गर्ने शैलीले पनि अधिकारीहरु आश्चर्यमा परेका छन् ।
बचाउन सभामुखका मान्छेहरू सक्रिय
२०७४ सालमा सिन्धुपाल्चोक क्षेत्र नम्वर १को (क)बाट कांग्रेसका तर्फबाट प्रदेश सांसदमा उमेद्वार थिए । उनलाई तत्कालिन नेकपा एमालेका नेता अरुण नेपालले हराएका थिए । तर अहिले भने खत्री सभामुख सापकोटाका प्रिय पात्र बनेका छन्। अहिले खत्रीलाई अहिले जुवाको मात्र नभई सम्पती शुद्धिकरणको मुद्धा नलाग्ने बनाउन सापकोटा परिवारले आश्वासन दिएको स्रोतको दाबी छ।
नेकपा निकट व्यापारी रहेका पौडेलका घरबाट समातिएका उनीहरुलाई रिहा गर्न सभामुख अग्नी सापकोटाको नाममा प्रहरीलाई व्यापक दवाव परिरहेको स्रोतको दावी छ । पौडेल र उनका दाजुभाई अग्नी सापकोटाका अत्यन्त निकट मानिन्छन् ।
भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेल उनै जुवा अड्डा चलाउने नारायणका भाइ हुन् । पौडेलका अर्का भाई बच्चु पौडेल हिमालय सीमापारको अध्यक्ष हुन् ।
पौडेल भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलका दाई हुन् । पौडेल दाजुभाई सभामुख अग्नी सापकोटा निकट छन् । पौडेलका अर्का भाई बच्चु पौडेल हिमालय सीमापारको अध्यक्ष हुन् ।
पक्राउ परेकाहरुलाई छुटाउन सभामुख सापकोटा निकटहरुले दवाव दिएको स्रोतले दावी गरेको छ । साथै प्रहरीका केहि उच्च अधिकारीहरुले पनि छुटाउन दवाव दिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।