काठमाडौं – पूर्वी लद्दाखमा चीनसँग जारी तनावका बीच भारतीय सेनाले दुई मोर्चामा युद्धको तयारी गरिरहेको छ। यसले भारतीय सेनालाई चीन र पाकिस्तान दुवैको सामना गर्न मद्दत पुर्याउँछ। चीनसँग सीमास्थित वास्तविक नियन्त्रणको रेखामा कुनै युद्ध जस्तो अवस्था कहिल्यै नभएकाले भारतको ध्यान पाकिस्तानमा मात्र थियो।
यद्यपि वास्तविक नियन्त्रण रेखामा स्थितिको अवस्था परिवर्तन भए पनि पश्चिमी सिमानामा अर्थात् पाकिस्तानसँगको सीमामा युद्धका लागि अझ बढी तयारी भइरहेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार भारतीय सेनाका ३ स्ट्राइक कोर तैनाथ छन्। जसमध्ये उत्तरी सीमा अर्थात् चीनको सीमाका लागि एउटा माउन्टेन स्ट्राइक कोर गठन गरिएको छ।
सरकारको स्रोतले न्युज एजेन्सी एएनआईसँग चीनसँग जारी तनावका बीच थप बल वा नायाँ स्ट्राइक कोर तैनाथ गर्न जरुरी नरहेको बताएको छ। भारतीय सेनाले यसरी तयारी गरेको छ कि दुई मोर्चाले सबै जिम्मेवारी सम्हाल्न सक्छन्। पश्चिमी मोर्चाले भोपालका २१ स्ट्राइक कोरका साथै मथुराको स्ट्राइक वन र अम्बालाको खडग कोर पनि सहभागी गराउँछ।
यी देशको पश्चिमी, मध्य र उत्तरी क्षेत्रमा तैनाथ छन्। तीमध्ये केही चीनसँगका सीमा नजिक छन्। स्रोतका अनुसार १३ लाख सैनिकवाला फौजको लडाइँ रणनीतिमा पुनर्विचार गर्न यो ठूलो अभ्यास हो। सेनाका यी दुई मोर्चा युद्धका लागि तयार हुने अपेक्षा गरिएको छ। वास्तविक नियन्त्रण रेखा (एलएससी) चीनसँग जारी तनावका लागि पनि सेनाको सन्तुलन मिलाइएको छ।
मध्य र पश्चिमी भारतका सीमा क्षेत्रमा ठूलो संख्यामा बख्तरबन्द वाहन व्यवस्था गरिएको छ। सेनाले धेरैवटा युद्ध वाहन र टी–९०, टी–७२ ट्यांक तैनाथ गरेको छ। लद्दाख क्षेत्रमा चिनियाँ सेनाको उपस्थितिलाई ध्यानमा राख्दै भारतले यस्तो तयारी गरेको हो। एजेन्सी
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।