नयाँ दिल्ली - चीनमा प्रमुख खाद्यान्न संकट देखिएपछि आफ्ना नागरिकलाई बचाउनका लागि चीनले खाद्यान्न आयातामा भारतको मुख ताकिरहेको छ । गत वर्ष वुहानबाट सुरु भएको कोरोना महामारीमात्र नभइ, यस वर्षको अत्यधिक बाढी र सलक किरोको प्रकोप लगायतका विपत्तीले गर्दा चीनमा खाद्यान्न संकट सिर्जना भएको छ ।
चीनप्रति विभिन्न मुलुकहरुले खाद्यान्न आपूर्तिमा समेत प्रतिबन्ध लगाएपछि चीन थप संकट परेको हो । चिनियाँ राष्ट्रपति सी जिनपिङले खाद्यान्न खेर नफाल्न र खाद्यान्न बर्बादी नियन्त्रणका लागि विशेष सार्वजनिक अभियान पनि सुरु गरेका छन् ।
विओनको प्रतिवेदन अनुसार केही चिनियाँ विज्ञहरूले दावी गरेका थिए कि मुलुक सम्भाविभत खाद्यान्न संकटको अवस्थामा परेको छ । तर, चिनियाँ सञ्चारमाध्यमहरुले यस्ता समाचारलाई बेवास्ता पनि गरेका थिए । थाईल्याण्ड, म्यानमार र भियतनामबाट चामलको आपूर्तिमा कटौती भएपछि चीनले चामल आयात गर्न भारततिर हात बढाइरहेको छ ।
परम्परागत रूपमा चीनले थाईल्यान्ड, म्यानमार, भियतनाम र पाकिस्तानबाट चामल खरिद गर्दै आएको थियो । तर अब मुलुकले एक टन चामलको लागि थप ३० डलर लिन थालेपछि चीन समस्यामा परेको हो । एलएसीको विवादका बाबजुद चीनले भारतबाट धान आयात गरिरहेको तथ्यले देशलाई धानको सख्त आवश्यकता रहेको देखाउँछ । चीनले भारतीय व्यापारीहरुलाई एक लाख टन चामल प्रति टन ३०० अमेरिकी डलरका दरमा आयात गरिरहेको छ ।
रिपोर्ट अनुसार, चीनमा वर्तमान खाद्य संकट को लागी धेरै कारणहरु छन् । महामारीको असर, कृषि तथा पशुपालनमा देखिएको रोग, विश्वव्यापी आपूर्ति शृंखलामाअवरोध, लकडाउनका कारण चीनको कृषि चक्रमा अवरोध, श्रमिकको अभाव र विनाशकारी बाढी लगायतका कारणहरु रहेका छन् ।
हालसालै चिनियाँ राष्ट्रपतिले चीनमा खाद्यान्नको बर्बादीलाई 'स्तब्ध पार्ने' र 'कष्टकर' भनेर सम्बोधन गरेका थिए । यस वर्षको अगस्टमा उनले देशमा एउटा अभियान चलाएका थिए । जसलाई "अपरेशन खाली प्लेट" भनिन्छ । यो अभियान पहिलो पटक २०१३ मा चिनियाँ अधिकारीहरूद्वारा आयोजना गरिएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।