काठमाडौं – चर्चित हाँस्य कलाकार मनोज गजुरेलले दोस्रो बिहे गर्ने भएका छन् ।
कलाकार गजुरेलले २०७४ सालमा पत्नी मीना ढकालसँग सम्बन्धविच्छेद गरेका थिए । त्यसयता एकल जीवन बिताइरहेका गजुरेल अब बिहे गर्ने तरखरमा लागेका छन् ।
हालै कोरोना संक्रमण भएर निको भइसकेका गजुरेलले आफू अर्काे बिहे गर्ने तयारीमा रहेको खुलासा गरेका छन् । तर उनको बिहेको तिथिमिति भने यकिन भइसकेको छैन ।
पत्नीसँग सम्बन्धविच्छेद पछि गजुरेल प्रेम सम्बन्धमा रहेका जनाइएको छ । सञ्चारमाध्यमसँग कुरा गर्दै गजुरेलले आफू नयाँ जीवन सुरू गर्न लागेको जनाएका छन् ।
गजुरेललाई बिहे गर्न परिवार, आफन्त र शुभेच्छुकले सुझाव दिँदै आएका थिए । पहिलो बिहेबाट मीना र मनोजका १ छोरा र १ छोरी छन् । डिभोर्स हुँदा छोरा बुवासँग र छोरी आमासँग बस्ने सहमति थियो । तर अहिले छोरा र छोरी दुबै बुवासँगै बस्ने गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।