काठमाडौं – विश्वकै अग्लो सगरमाथाको उचाई झन बढेको छ। यसपटक यसको उचाईमा केही वृद्धि भएको पत्ता लागेको छ । नापी विभागले सगरमाथाको उचाईको औपचारिक घोषणा आज सोमबार गर्नेछ। सरकारले सगरमाथाको उचाईको घोषणा गर्न मन्त्रिपरिषद बैठकबाट स्वीकृती दिएको थियो ।
त्यसलगत्तै नापी विभागले तयारी पूरा गरेको छ । विगतमा सर्वे अफ इन्डियाले मापन गरी सगरमाथाको उचाई ८८४८ मिटर भनिदै आएको छ । तर, अब यसको उचाई फरक हुने भएको छ । २०७२ सालको महाभूकम्पपछि सगरमाथाको उचाई फरक पर्ने अध्ययनले देखाएपछि सरकार आफैले मापन गरेको हो ।
यसका लागि नापी विभागले करोडौं रकम खर्च गरेको थियो। चीनले पनि सगरमाथाको उचाई मापन गरेको थियो। सगरमाथाको उचाई नेपाल र चीनले संयुक्त रुपमा घोषणा गर्ने भनिएपनि नेपाल आफैले घोषणा गर्ने भएको छ । नेपालले दक्षिणतर्फको समुन्द्री सतहलाई आधार मानेर सगरमाथाको उचाई घोषणा गर्ने भएको बुझिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।