काठमाडौं- सगरमाथाको नयाँ उचाई घोषणा गर्न मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गरेको छ। आज (बुधबार)बसेको मन्त्रिपरिषद्को बैठकले सगरमाथाको नयाँ उचाई घोषणा गर्नका निम्ती भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई स्वीकृति दिएको हो ।
आर्थिक वर्ष २०६४/६५ बाट शुरु भएको सगरमाथाको उचाई मापन कार्य अहिले सम्पन्न भएर घोषणा गर्ने चरणमा आएपछी सरकारले सगरमाथाको औपचारिक रुपमा घोषणाको तयारी गरेको भूमी व्यवस्थामन्त्री पद्माकुमारी अर्यालले बताएकी छन् ।
सगरमाथाको नयाँ उचाइ सार्वजनिक नगरिए पनि उचाइ बढेको बताइएको छ । हाल सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर रहेको छ । तर, अब सगरमाथाको उचाइ ८ हजार ८सय ४८ मिटर नरहेर बढेको छ । उचाइ बढेको भनिएको नयाँ उचाइ अब, औपचारिक रुपमा घोषणा हुने छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।