आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

ओलीको पक्षमा खुलेर लागे बादल : साझा प्रस्ताव ल्याउने उनको प्रस्ताव भयो अस्वीकार

ओलीको पक्षमा खुलेर लागे बादल : साझा प्रस्ताव ल्याउने उनको प्रस्ताव भयो अस्वीकार

  • मिडिया डबली
  • आइतवार, मंसिर २१ २०७७

  • 4.5K
    SHARES

  • ओलीको पक्षमा खुलेर लागे बादल : साझा प्रस्ताव ल्याउने उनको प्रस्ताव भयो अस्वीकार

    काठमाडाैं -  नेकपाको सचिवालयमा अध्यक्षद्वयले पेस गरेका दुई प्रतिवेदनले चुलिएको विवाद समाधानका लागि सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापाले अघि सारेको दुई प्रस्ताव बहुमत सद्स्यले अस्वीकार गरेका छन्।

    थापाले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको प्रस्ताव र त्यसको जवाफमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले ल्याएको जवाफी प्रतिवेदनलाई थाती राखेर साझा प्रस्ताव ल्याउन सुझाव दिएका थिए। सचिवालयका एक नेताका अनुसार उनको सो प्रस्तावलाई अरु सदस्यहरुले अस्वीकार गरेका थिए।

    ‘सचिवालयमा पेस भएका दुबै अध्यक्षको प्रस्तावलाई एउटै बनाएर साझा प्रस्ताव बनाएर जाऔं,’ शनिबार बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रस्ताव राख्दै थापाले भनेका थिए। ती नेताका अनुसार दुई अध्यक्षले पेस गरेका दुवै प्रस्तावमा एकले अर्कोलाई लगाएका आरोपहरुको सत्य अन्वेषण गर्न तीन सदस्यीय छानबिन समिति गठन गर्न पनि थापाले प्रस्ताव गरेका थिए।

    उनले छानबिन समितिमा रहने तीन जनालाई आरोप र प्रतिवेदनका विषयमा छानबिन गर्ने टिओआर दिन सुझाव दिएका थिए। तर त्यसलाई बहुमत सदस्यले अस्वीकार गरेपछि सो प्रस्ताव अघि बढ्न सकेन।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, कार्तिक १४ २०७७१०:०९:१९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend