काठमाडौं- जिल्ला प्रशासन कार्यालय काठमाडौंले सभा, जुलुशलगायतका भिडभाडजन्य गतिविधिमा रोक लगाएको छ। कार्यालयले मंगलबार सुचना प्रकाशन गर्दै भिडभाडजन्य गतिविधि नगर्न र कोरोना भाइरसको संक्रमण रोकथाममा मद्धत पुर्याउन आग्रह गरेको छ ।
काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको र सभा, जुलुश जस्ता गतिविधिहरुले अवस्था थप भयावह बन्न सक्ने भएकोले भिडभाडजन्य गतिविधि नगर्न प्रशासनले सबैसँग आग्रह गरेको हो।
सो सम्बन्धी गतिविधि गरे गराइएको पाइएमा स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही गर्ने चेतावनी दिइएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।